
वीरगञ्ज । सर्वोत्तम स्टीलमा बिहीबार भएको विष्फोटको घटनाबाट उद्योगमा चलिरहेको गोरखधन्धाको पर्दाफास गरेको छ । नेपाली बजारमा नामचलेको सिमेन्ट, छड लगायत विभिन्न निर्माण सामग्री उत्पादन गर्दै आएको जगदम्बा कम्पनीका संचालक समेत रहेका राजेश अग्रवालले हालै संचालनमा ल्याएका सर्वोत्तम स्टील कम्पनिले उपभोक्ता ठगी कार्यमा लागीपरेको विष्फोटको घटना पछि खुलासा भएको हो ।
जनतालाई उच्च गुणस्तरको छड उपलब्ध गराउने प्रतिबद्धताका साथ खोलिएको सर्वोत्तम स्टील लिमिटेडले कबाडबाट फलामको डन्डि निर्माण गरि बजारमा सप्लाई गरेको उक्त घटनाले पुष्टि भएको हो । बजारबाट कबाडी फलाम सामग्री संकलन गरेर ल्याइएको स्क्रेपलाई गलाएर छड निर्माण गरेको प्रमाणित भएको छ । देशको बिभिन्न ठाउँबाट संकलन गरी ल्याइएको फलामे कबाडहरूलाई गलाउने क्रममा एलपीजी ग्यासको सिलिण्डर भट्टी भित्र हाल्ने बितिकै विष्फोट भएको कारण घाइते भएका घटनामा परेकाहरुको भनाइले समते पुष्टि गरेको छ । घटना लगतै सर्वोत्तम स्टील कम्पनीमा पुगेका पत्रकारहरुलाई भित्र प्रवेशबाट रोक लगाउने कार्यले कम्पनी भित्र चलिरहेको अबैध कार्यबारे विभिन्न शंकाहरु उत्पन्न भएको छ । शनिबार घटनाको बारेमा बुझदै जाँदा सर्वोत्तम कम्पनीले नयाँ फलामको रड आयात गरेर फलामको डन्डी निर्माण गर्ने सरकारबाट लाइसेन्स लिए पनि कबाडलाई गलाएर डन्डी निर्माण गर्ने कार्यको खुलासा भएको हो । विष्फोटबाट घाइते भएर बयोधा अस्पतालमा उपचार गराई रहेका मजदूरको भनाइ सार्वजनिक भएता पनि स्थानीय प्रशासनले कुनै कानूनी प्रक्रिया अगाडि नबढाएको आरोप समेत लागेको छ ।
मेरो देश मेरो जगदम्बा, राष्ट्रनिर्माणमा समर्पित, देशको मेरूदण्ड जस्तो आकर्षक बिज्ञापन गरेर कोरोना महामारीमा समेत राष्ट्र र जनता ठग्ने सौरभ अग्रवाल लगायतको गिरोहद्धारा संचालनमा ल्याइएको अर्को सौरग्रुप अन्तर्गतको सर्वोत्तम स्टील लिमिटेडका संचालक राजेश अग्रवाल केपी ओली प्रधानमंत्री रहेको बखत ओवर इन्भ्वासिगं, नक्कली इन्भ्वासिगं र मनी लान्ड्रिंग जस्ता आर्थिक चलखेल गरेर एक सय बीस करोड घोटाला गरेको खबरहरू सार्वजनिक भएता पनि अहिलेसम्म कुनै कारबाही भएको छैन् ।
सर्वोत्तप स्टीलमा भएको विष्फोट पछि स्थानीय प्रहरी प्रशासनको भूमिकाले पनि यो घटनामा संदिग्ध बनाएको छ । उधोग संचालनको नाउँमा जनता बैंकमा संचित गरेको रकमबाट कर्जा लिने ,उधोगको नाउँमा राज्यबाट भएजतिको सुखसुविधा लिने तर जनतालाई सुचित गराउने अभियानमा राज्यको चौथो अंग रहेका पत्रकारहरूलाई उधोग हाताभित्र प्रवेश निषेधले पनि अनेकौ शंकालाई बल दिएको छ । प्रहरी प्रशासनले पनि घटनाको वास्तविक्ता बुभ्mने भन्दा पनि ढाकछोपमै संलग्न हुनुको पछाडि ठुलै चलखेलको आशंका गरिएको छ ।
भारत झारखंड चाईबासाबाट जीविकोपार्जनका लागि बीरगंज आएको कर चोर अग्रवाल ब्रदर्सका अगाडि सरकार र स्थानीय प्रशासन निरीह बनेको छ । नेपाली दाजु रमेश अग्रवालका खास भारतिय भाई रहेका राजेश अग्रवालका काला करतुतका बारेमा अनुसन्धान अगाडि बढाइए पछि धेरै कुराहरु खुल्दै जाने कारखानामा कार्यरत पीडित कर्मचारीहरुको दावी छ ।