
जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दलदलमा फसेकाहरुलाई सरकारले अध्यादेश ल्याएर उद्धार गरेको बताएका छन् ।
जसपाले शुक्रबार जनकपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा यादवले प्रतिगमन बिरुद्धको आन्दोलन छोडेर केपी शर्मा ओलीको असंवैधानिक कदमको मतियार बनेका सन्त महन्थलाई दलदलबाट उद्धार गर्न प्रधानमन्त्री शेरवहादुर देउवाले राजनीति दल सम्बन्धी अध्यादेश ल्याएको बताए । ‘दलदलमा फसेका साथिहरुले जसपामा मधेश मुद्धा हराएको गलत र झुठा भ्रम फैलाउने काम गरिरहेका छन्’ अध्यक्ष यादवले भने, महन्थ ठाकुर जसपामा छाता र लाठी बिर्सेर पानीमा चिप्लिएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका हुन् । जसपा विभाजन नभएको दावीगर्दै यादवले वर्षाको पानीमा चिप्लीएर केही व्यक्ति पार्टी बाहिर पुगेको बताए । प्रतिगमनका मतियार पानीमा चिप्लिएर बाहिर गएपछि जसपा शुद्ध र सुदृढ भएको छ, यादवले भने,‘ प्रतिमनको मतियार सन्तमहन्थ जसपामा छाता, कार्यकर्ता, लाठी र जुता बिर्सेर गए ।’ अध्यक्ष यादवले केही व्यक्ति पार्टी छोडदैमा जसपा विभाजन नहुने बताउदै लोभी पापीहरुको झुण्ड गए पछि जसपा शुद्धिकरण भएको दावी गरे । पार्टीको निर्णय नमान्ने, आफैले गरेको सहमति तोडने, स्वविवेकले निर्णय गर्न नसक्नेहरुको झुण्डले देश र मधेशको भलो गर्न नसक्ने तर्क गर्नु हुँदै अध्यक्ष यादवले ८० प्रतिशत नेता कार्यकर्ता जसपामै रहेको बताए । सन्त महन्थ प्रतिगमनको मतियार बन्दा आन्दोलनबाट मुलुकमा भएको परिवर्तन संकटमा परेको यादवले बताए । लोकतन्त्र समाप्त गरी स्वेच्छाचारी ढंगबाट एउटै संसदलाई २ पटक भंग गरेका पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको मतियार सन्तमहन्थहरु बनेको यादवले टिप्पणि गरे । मधेश मुद्धा राष्ट्रिय मुक्तिको मुद्धा भएको उल्लेख गर्दै उनले समय अनुसार परिवर्तन नभए संविधान समाप्त हुने चेतावनी दिए । त्रुटिपुर्ण र गलत संविधान संशोधनकालागि सडक र सदनबाट संघर्ष भइरहेको छ, यादवले भने,‘हाम्रो प्रयास संविधानको सकारात्मक पक्षको रक्षा गरी त्रुटीलाई संशोधन गर्नु हो ।’
समय अनुसार परिवर्तन नभए संविधान समाप्त हुने बताउदै संविधानमा आरक्षण, शासकीय स्वरुप, निर्वाचन प्रणाली, जनसंख्याको अधारमा समानुपातिक समावेसी, समाजिक न्यायको प्रत्याभुति गराउने, न्याय प्रणालिको सवालमा संविधान संशोधन आवश्यक रहेको उनले बताए ।