अपडेट 
२०७८ भाद्र १२, शनिबार ०७:१८

जनकपुरधाम । नाकामा आवतजावत सहज गर्नुपर्ने माग गर्दै महोत्तरीको भिठ्ठामोडमा मलिवाडाका स्थानीयवासीहरुले शुक्रबार विरोध प्रदर्शन गरेका छन् ।

शुक्रवार दिउँसो दुई बजेदेखि ४ बजे सम्म जलेश्वर नगरपालिका–३का वडाध्यक्ष संजय पाण्डेको नेतृत्वमा स्थानीयवासीहरुले धर्ना प्रदर्शन गरेका हुन् । कोभिड—१९ कोरोनाको कारण लामो समयदेखि नेपाल भारत सीमामा सर्वसाधारणहरुलाई आवत जावतमा रोक लगाईए पनि मालबाहक ट्रक तथा ठुला सवारी साधनहरु सहजै आवतजावत गर्दै आएको छ । सर्वसाधारणको लागि पनि सडक खोल्नु पर्ने मांग उनीहरुले गरेका हुन् । स र्व स ा ध ा र ण् ा क ा े आवतजावतमा रोक लगाईए पनि दशगजाको खेत आलीको बाटो प्रयोग गर्नू पर्ने बाध्यता रहेकोले मुख्य सडकबाटै आवत जावत हुनु पर्ने मांग गर्दै प्रदर्शन गरिएको हो । वर्षाको बेला खेतआलीको बाटो हिलाम्य बनेको छ । सो मार्ग हुँदै दिनहुँ सयौ नागरिकको आवतजावत हुने गरेको छ । नेपाल–भारतबीच बेटी रोटीको सम्बन्ध रहेकोले सीमामा आवागमन तत्काल सहज नगरिए कडा आन्दोलनमा जाने चेतावनी समेत उनीहरुले दिए ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका मात्र नभई जनकपुधाम लगायतका यस क्षेत्रका नागरिक किनमेल गर्नको लागि भारतीय बजार भिठ्ठामोड जाने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News