अपडेट 
२०७८ भाद्र १२, शनिबार ०७:५६

गोदावरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानअनुसार वर्तमान सरकारले नै निर्वाचन गराउने बताउनुभएको छ ।

धनगढीमा शुक्रवार आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले गठबन्धन सरकारले नै आगामी निर्वाचन गराउने बताउनुभयो । संविधानअनुसार यो सरकार बनेको बताउँदै उहाँले अहिले पनि देशी विदेशी शक्तिहरुको चलखेल भइरहेकाले सावधानी अपनाई समस्या समाधान गर्नुपर्ने बताउनुभयो । “हामी कसैको प्रभावमा पर्नु हुँदैन’, उहाँले भन्नुभयो, “आफ्नो समस्या आफैँ हल गरेर अघि बढ्नुको विकल्प छैन ।’ उहाँले प्रतिगमनको खतरा अझै कायम रहेकाले सजग हुनुपर्ने बताउनुभयो । डा भट्टराई जसपाको सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार सुदूरपश्चिमस्थित धनगढी आइपुग्नु भएको हो । जसपाको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा पार्टीका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता थियो ।रासस

Comment


Related News

Latest News

Trending News