अपडेट 
२०७८ भाद्र १२, शनिबार ०८:२७

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश सरकारलाई शहीद परिवारले महशुस हुने गरी काम गर्न निर्देशन दिएका छन् ।

मधेश आन्दोलनमा घाइते भएकाहरुलाई प्रदेश सरकारले उपचार गराउन उनले निर्देशन दिए । आन्दोलनमा शहीद भएका परिवारको भरणपोषण र घाइतेको उपचार तथा जीवनयापनकालागि सरकारलाई ठोस कार्यक्रम ल्याउन निर्देशन दिए । सरकारका मन्त्री र प्रदेश सांसदहरुलाई शहीद परिवारका लागि छुट्टै कोष स्थापना गर्न उनले सुझाव दिए । प्रदेश सरकारको कार्यशैली प्रति असन्तुष्टि जनाउदै सरकारलाई सचेत गराउदै काम नगर्ने संघीय सरकारका कर्मचारीको सुचि तयार गर्न निर्देशन दिए । प्रदेश सरकारले शहीद परिवारलाई दिने भैसी अन्य व्यक्तिलाई समेत दिएको भन्दै प्रदेश सरकारको यादवले आलोचना गरे । ‘शहीद परिवारलाई दुधालु भैंसी दिनुस् । तर, शहीद परिवारले पाउने भैंसी अन्यले पाउनुहुदैन । भंैसी शहीद परिवारलाई नै बाँडियो कि अन्य व्यक्तिलाई पनि ?’, यादवले भने, ‘कतै कतै सुनिएको थियो कि अन्य व्यक्तिलाई पनि भैसी बाँडियो । ’ शहीद परिवारहरुको समस्या ठोस रुपमा समाधान गर्न उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

Comment

Related News