अपडेट 
२०७८ भाद्र १२, शनिबार ०८:३०

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता महेन्द्र राय यादवले पार्टीको ‘लाइन’ बाट बाहिर गएर केही नेताहरु ओलीको मतियार बनेको आरोप लगाएका छन् ।

महन्थ ठाकुर एकलौटी रुपमा ओलीलाई सहयोग गरेर मतियार बनेको उनले थपे । जनकपुरमा शुक्रबार आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै तत्कालीन राजपामा पनि उनले एकलौटी गर्दा कहिल्यै केन्द्रिय समितिको बैठक हुन नसकेको जिकिर गरे । छाता छाडेर गएका साथिहरुलाई देखेर वर्षाको समयमा दायाँ लागेको टिप्पणी उनले गरे । पार्टीको कार्यकारिणी समिति सदस्य समेत रहेका नेता यादवले जसपा नेपाल आप् mनो एजेण्डा लिएर अघि बढ्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बरिष्ठ नेता अशोक राइले मुलुकको पुरानो पार्टीहरु समतामुलक समाज निर्माणको कार्यदिशाबाट भागेका कारण जसपाको जन्म भएको बताए । मुलुकमा समाजिक आर्थिक मात्र नभई कानूनी विभेद समेत कायम रहेकाले जसपा ती सबै विभेद अन्त गर्दै समतामुलक समाज निर्माणमा अग्रसर भएको उनले बताए । छाता लिएर आएकाहरु वर्षातको मौसममा छाता समेत छाडेर गएको कटाक्ष गर्दै बरिष्ठ नेता राईले भने–उहाँहरु प्रति दया लागि रहेको छ । प्रतिगमनको मतियार बन्नु पर्ने के बाध्यता थियो ? प्रदेश २ का मन्त्री राम नरेश रायले जसपा पार्टी मधेसी, दलित, जनजाती, उपेच्छितको पार्टी भएको दावी गरे ।

कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, गजाधर यादव, मनिष सुमन सहितका वक्ताहरुले मन्तव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News