अपडेट 
२०७८ भाद्र १२, शनिबार ०८:३७

जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता तथा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले यहाँ प्रभू र दास गरि दुईवटा जात मात्रै रहेको आरोप लगाएका छन् ।

मुलुकमा व्यापक परिवर्तन भएपनि प्रभूसत्तालाई केहि व्यक्ति निरन्तरता दिन चाहेको आरोप समेत लगाएका छन् । जनता समाजवादी पार्टी केन्द्रीय कार्यसमितिले जनकपुरधाममा आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै मेयर साहले भने– ‘राणा शासन देखि, २०१७ साल, २०३६ साल र २०४६ सालको प्रजातान्त्रिक र २०६२/०६३ को निर्णायक आन्दोलनको इतिहास बोकेका भूमि जनकपुरधाम जनता समाजवादी पार्टीलाई सहयोग गर्न तत्पर छ ।’ दास वुझ्ने र वुझाउनेहरुको एउटा समूह हुन सक्छ तर, सम्पूर्ण जनताकोलागि त्यो समूह अभिसाप हुने उनले बताएका थिए । जनकपुरधाम उर्जावानहरुको स्थान रहेको र यस स्थानले परापूर्वकाल देखिनै दासत्वमा विश्वास नगर्ने भएकाले आफुलाई प्रभू बुझ्नेहरुलाई विउझ्न उनले आग्रह गरेका थिए । तराई, पहाड र हिमाललाई जोड्ने अभिभारा तपाईले उठाउनु भएको बताउँदै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई भने–‘तपाईको काँधमा काँध मिलाएर चल्न जनकपुरधामबासी सदैव तयार छ ।’ जनकपुरधामका जनताले ठूल ठूला परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि केहि कपटिहरुका कारण यहाँका जनता सदैव धोकानै पाएको उनले बताएका थिए ।

प्रदेश २ का अध्यक्ष विजयकुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश २ का सवै जिल्लावाट नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Comment

Related News