२०७८ भाद्र १२, शनिबार ०८:३९

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश आन्दोलनका शहीद परिवार र घाइतेहरुलाई शुक्रबार सम्मान गरेको छ ।

जनकपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले शहीद परिवार तथा घाइतेहरुलाई गम्छा ओढाएर सम्मान गरेका हुन् । शहीद परिवारलाई सम्मान गर्दै अध्यक्ष यादवले शहीद परिवारलाई आफनै परिवार बुझि उनीहरुको भरण पोषण तथा घाइतेहरुको उपचारको जिम्मा प्रदेश सरकारलाई लिन निर्देशन दिए। शहीद परिवारलाई रोजगारी दिने क्रममा केही परिवार छुटेको छ, उनले भने–‘उनीहरुलाई अविलम्ब रोजगारी दिनुपर्छ ।’ यसबाट प्रदेश सरकार पञ्छिन मिल्दैन । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्राविधिक कारणले केही शहीद परिवार रोजगारी पाउन नसकेको उल्लेख गर्दै बाँकी रहेको शहीद परिवारलाई छिटै रोजगारी दिने प्रतिबद्धता समेत जनाए । उनले शहीद परिवारको रोजगारी तथा घाइतेहरुको भरणपोषणको लागी प्रदेश सरकारले बजेट विनियोजन गरि सकेको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News