२०७८ भाद्र १२, शनिबार ०८:४३

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेशी नेताहरुमध्येबाट देशको पहिलो प्रधानमन्त्री बन्ने अवसर महन्थ ठाकुरको कारणले गुमेको आरोप लगाएका छन् ।

महन्थ ठाकुर स्वार्थमा परेर तल्लो स्तरको हर्कत गर्नसक्ने कुरा कसैले कल्पना समेत नगरेको उनले बताए । शुक्रबार जनकपुरधाममा जनता समाजवादी पार्टी नेपालको अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले भने, ‘ हाम्रो आदरणीय नेता थिए महन्थ ठाकुरजी । तर आज उनी माथी सबै हाँसी रहेका छन् । उहाँ यति तलसम्म जान सक्नुहुन्छ कसैले कल्पना समेत गरेका थिएनन् । आदरणीय नेता रहिसकेका महन्थ ठाकुरले हस्ताक्षर किर्ते सम्मको हर्कत गरे । ’ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली संघीयता र मधेश विरोधी रहेपनि महन्थ ठाकुर र राजेन्द्र महतो उनको मतियार बनेको राउतले आरोप लगाए । प्रतिगमनका मतियार महन्थ ठाकुर लोकतान्त्रिक बन्न नसक्ने उनले बताए ।

Comment


Related News

Latest News

Trending News