अपडेट 
२०७८ भाद्र १२, शनिबार ०८:४८

जीतपुर । बारा प्रहरीले १५ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप एक जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नं.१८ मोतिसर टोल बस्ने २१ वर्षीय सुजित कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । १५ वर्षिय बालिकालाई विगत ८ महिनादेखि ललाई फकाई जबर्जस्ती करणी गर्दै आएको उनीमाथि आरोप छ । बालिका गर्भवती भएको अभियोगमा साहलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए । प्रहरीले जबर जस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Comment

Related News

Latest News

Trending News