
सिरहाबाट चोरी भएको जेसीबी (स्काभेटर) भारत बिहारको मधुबनिमा भेटिएको छ ।
गोलबजार नगरपालिका ८ चोहर्वाको राज हार्डवेयर पसल अगाडिबाट मंगलबार राति चोरी भएको जेसीबी भारत, बिहारको मधुबनि जिल्लाको खुटैना नजिकै सडक छेउमा छोडी राखिएको अवस्थामा फेला परेको हो । भारतीय प्रहरीसँगको समन्वयमा खोज तलास गर्दै जाने क्रममा जेसीभी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो । बरामद जेसीभी प्रकृया पूरा गरी धनीले चोहर्वा ल्याई पुर्याएको छ ।
प्रहरीले चोरीमा सलग्नहरुको पहिचान खुलिसकेको बताएको छ । उनीहरुको खोजी कार्य जारी रहेको जनाएको छ । जेसीभी धनी र प्रहरीले जेसीभी हिडेको बाटो पहिल्याउँदै भारत छिरेको देखिएपछि भारतीय प्रहरीसँगको समन्वयमा जेसीभीसम्म पुगेको बताइएको छ ।