वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) ले थालेको अभिमुखीकरण कार्यक्रम प्रदेश २ मा महन्थ ठाकुर बिरुद्धको अभियानमा केन्द्रित भएको छ ।
हालै सरकारले माधव नेपाल समुहको लागी ल्याएको विधेकको अधारमा जसपा छाडेर नया लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाएका महन्थ ठाकुर र उनको दलका विरुद्ध जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुले मधेसमा महन्थ,राजेन्द्र लगायतका नेताहरुको बिरोधमा भण्डाफोर अभियान कार्यक्रममा लागेका हुन । वीरगन्जको नगरसभागृहमा शनिवार आयोजित अभिमुखीकरण कार्यक्रमलाइ सम्बोधनगर्दै जसपाका शीर्ष नेताहरुले आफनो भाषणको पुरा समय ठाकुर र उनीसंग रहेका नेताहरुको आलोचनामै खर्च गरे । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोहको आन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाइ समाप्तपार्ने षडयन्त्रमा ओली लागेको बताउदै उनका मतियारका रुपमा सहभागी भएको ठाकुर ग्रुप मधेस बिरोधी रहेको आरोप लगाए । संघीयतालाई समाप्त गर्न खोज्ने केपी ओलीको प्रतिगमनकारी कार्यमा ठाकुरले साथ दिएकोमा उनी पनि प्रतिगमनकारी नै भएको आरोप लगाए । कार्यक्रमलाइ सम्बोधनगर्दै पूर्वमन्त्री महेन्द्रराय यादवले महन्थ ठाकुर र उनको पछि लागेका नेताहरु केपी ओली भन्दा पनि बढि मधेस विरोधी रहेको आरोप लगाए । ‘यदि महन्थ समुहले धोखा नदिएको भए आज जसपा देशको एउटा शक्तिशाली वैकल्पिक शक्ति बन्थ्यो’ यादवले भने, संविधान संशोधन गरेर मधेसका मुद्धा पनि सम्बोधन हुन्थ्यो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि जसपा छाडेर नयाँ पार्टी बनाएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर , मधेस विरोधी रहेको आरोप लगाए । उनले जसपामा रहदैका बखत महन्थ ठाकुर समुहले मन्त्री पदका लागि मात्रै केपी ओलीको सरकारमा सहभागी भएको बताए ।


