२०७८ भाद्र १३, आईतवार ०६:५७

जनकपुरधाम ।नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा सभापतिका लागि देखिएका उम्मेदवारहरु मध्ये प्रदेश २ मा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाको पक्ष भारी देखिएकोछ ।

काँग्रेसका उपसभापति रहेका विमलेन्द्र निधिले शुक्रवार सभापति पदमा उम्मेदवारी घोषणागर्दै सम्पर्क कार्यालय शुभारम्भ गरेपछि प्रदेश २ का जिल्ला सभापति र प्रभावशाली नेताहरुले कित्ता छुट्टयाएका छन् । प्रदेश २ मा नेता निधिको बलियो पकड रहने अनुमान गरिएको थियो ।तर हाल सम्म खुलेका नेताहरु मध्ये देउवा पक्ष नै बलियो देखिएकोछ । सप्तरीका जिल्ला सभापति दिनेश यादव, धनुषाका सभापति महेशशंकर गिरि र पर्साका सभापति अजय चौरसिया नेता निधिको पक्षमा खुलेका छन् । सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका सभापतिहरु देउवाको पक्षमा देखिएका छन् ।प्रदेश २ मा रामचन्द्र पौडेलको पक्ष कमजोर देखिएकोछ । नेता निधिका लागि प्रदेश २ कमजोर हुँदा त्यसको प्रभाव अन्यत्र जिल्लाहरुमा समेत पर्ने देखिन्छ ।हुनत कतिपय नेताहरुले देउवाकै पक्षमा खुलेपनि मत निधिलाई दिने दावी गरिरहेका छन् । नेता निधिको गृह जिल्ला धनुषा नै कमजोर देखिएको छ ।४ वटा निर्वाचन क्षेत्र मध्ये ३ वटा क्षेत्रमा प्रतिनिधि सभाका उम्मेदवार रहेका नेताहरु उनको विपक्षमा लागेका छन् । सभापतिका लागि उम्मेदवारी दावी गरिरहेका नेताहरु मध्ये निधिले औपचारिक रुपमा सम्पर्क कार्यालय स्थापनागरि काम थाल्ने पहिलो उम्मेदवार भएका छन् ।

Comment


Related News

Latest News

Trending News