अपडेट 
२०७८ भाद्र १३, आईतवार ०७:०८

लालबन्दी । सर्लाहीको लालबन्दीमा हत्या भएकी किशोरी प्रियंका भुजेलको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

हरिवन नगरपालिका–११ स्थित मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार १५ हजारको चेक हस्तान्तरण गरिएको हो । लालबन्दी नगरपालिका–१७ रानीगंज डाडाँटोलस्थित घरमै पुगेर किशोरीका बुवा राजेश भुजेललाई पुर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता तथा संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठले चेक हस्तान्तरण गरेका छन् । संस्थाको सामाजिक उत्तरदायित्व कोषबाट राहत रकम सहयोग गरिएको संस्थाका ब्यवस्थापक सन्तोष पाण्डेले जानकारी दिए । िक श ा े र ी क ा े परिवारको आयस्तर अत्यन्त कमजोर रहेकाले ३ जना बालबालिकाको लालनपालन गर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर संस्थाको तर्फबाट सानो सहयोग गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । गत साउन ३१ गते हत्या भएकी किशोरीको परिवारलाई राहत हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण ओम पोते, संचालक प्रकाश श्रेष्ठ, कृष्ण उप्रेती, संस्थाका ऋण अधिकृत सबिन अधिकारी लगाएत सहभागीता रहेको संस्थाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News