अपडेट 
२०७८ भाद्र १३, आईतवार ०७:१९

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ अमाडारका स्थानीयले शवसहित वडा कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

स्थानीयबासीहरुले वडा कार्यालयको लापरबाहीले युवाको मृत्यु भएको भन्दै वडा कार्यालय अगाडि शव राखेर प्रदर्शन गरेका हुन् । उनीहरुले वडा कार्यालयले मृतकका परिवारजनलाई क्षतीपुर्ति दिनुपर्ने माग गरेका छन् । उचित क्षतिपुर्ती नपाएसम्म आफुहरुको शब सहितको बिरोध प्रदर्शन जारी रहने बताएका छन् । शुक्रबार मोटरसाईकल अनियन्त्रित भई कल्भर्ट नजिकैको कुलोमा खसेर स्थानीय युवकको मृत्यु भएको थियो । मृत्यु हुनेमा स्थानीय २० बर्षिय प्रमोद चौधरी रहेका छन् । राती करिब ८ बजे मोटरसाईकल लिएर आउँने क्रममा कल्भर्ट नजिकै लडेर मोटरसाईकल दुर्घटना भएको थियो । कुलोमा मोटरसाईकल सहित लडेका चौधरीको घट् ना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News