२०७८ भाद्र १३, आईतवार ०७:२३

मलगंवा । सहारा विकास बैंक लिमिटेडले एकैपटक ३ वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

बैंक सञ्चालक समितिको साउन २२ गते बसेको बैठकले आर्थिक वर्ष २०७४÷७५ देखि आर्थिक वर्ष २०७६÷७७ सम्मको आठौँ, नवौँ र दसौँ वार्षिक साधारणसभा एकैसाथ सम्पन्न गरेको हो । कार्यक्रम शनिबार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–८ स्थित सहारा विकासका अध्यक्ष संजय कुमार गुप्ताको सभापतित्व तथा संस्थाका संस्थापक शेयरधनी नागेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सभामा सहारा विकास बैंक गरिमा विकास बैंकमा प्राप्ति हुने विशेष प्रस्ताव अनुमोदन गरेको छ । सोही सभाले प्राप्ति प्रयोजनाका लागि तोकिएको १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गरेको छ । यसै सभा मार्फत सर्वसम्मतिबाट संस्थापक अध्यक्ष संजय कुमार गुप्तालाई संचालक समितिको अध्यक्षमा पुनः चयन गरेको छ । सभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष गुप्ताले सभाले प्राप्तिपछि बैंकको नाम गरिमा विकास बैंक लिमिटेड रहने विशेष प्रस्ताव पारित गरेको जानकारी दिए । जिल्लामा एउटा पनि विकास बैंक नरहेको अवस्थाम आर्थिक कारोबार संचालन गर्न जिल्लाबासीहरुले भोग्दै आएको समस्याहरुलाई मध्यनजर गरी संस्थाको स्थापना गरेको बताए । उनले संस्थालाई सफल बनाउन सहयोग तथा योगदान पुर्याउने संचालक समिति ,संस्थापक सदस्य ,शेयरधनी, संस्थासँग आर्थिक लगायत अन्य कारोबारमा संलग्न लगायतका सुवेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा संचालक समिति सदस्य बाल कृष्ण साह, अस्मीता देवी अग्रवाल, राम नरेश साह, गरिमा विकास बैंक लिमिटेडका संचालक सदस्य बिमल पाण्डे ,नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय,हिमालय पंथी,चमेली बचतका अध्यक्ष भरत साह,सहारा विकासका संस्थापक सदस्य संजु प्रसाद जयसवाल, सल्लाहकार राजेन्द्र कुमार अग्रवाल, समाजसेवी रजनी कांत झा, नागरिक समाजका उग्र कांत झा, शिवचन्द्र चौधरी ,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह, चेम्बर अफ कमर्श मलंगवाका अध्यक्ष अमित कुमार अग्रवाल लगायत पत्रकार हरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News