
जीतपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी)को प्रथम जीतपुर सिमरा उपमहानगरपालिका सम्मेलन सिमरामा सम्पन्न भएको छ ।
सम्मेलनले दिपेन्द्र यादवको अध्यक्षतामा ११ जना पदाधिकारी सहित ६५ सदस्यीय नगर समिति गठन गरेको छ । नव गठित समितिको उपाध्यक्ष्मा शर्मिला गौतम, शशिकान्त चौधरी, भवानी थापा, श्याम सुंदर पासवान, सचिवमा तोप बहादुर श्रेष्ठ(रवि), सह सचिवमा आदित्य लम्साल, सुनिल शर्मा, दिलशाद आलम , रोशन घलान र कोषाध्यक्षमा सुष्मा श्रेष्ठ सर्बसम्मत चयन भएका छन् । सर्बसम्मतले नव निर्वार्चित पदाधिकारीहरुलाई अनेरा स्वबियुको केन्द्रिय उपाध्यक्ष रबिकिरण यादवले अबिर टिका र खाँदा लगाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा प्रदेश २ का प्रदेश सदस्य राजन पौडेल, महिला नेतृ शोभा कार्की, निर्वाचित वडा सदस्य रामचन्द्र अधिकारी ,अनेरा स्वबियुको प्रदेश नं.२ संयोजक सुर्य नारायण साह ,प्रदेश सह संयोजक प्रभाकर गुप्ता ,अनेरा स्वबियुको केन्द्रिय सदस्य संजय कुमार महत्तो ,ईश्क पासवान लगायतको सहभागिता रहेको थियो ।