२०७८ भाद्र १३, आईतवार ०७:३०

लालबन्दी । सर्लाहीको बागमती नगरपालिकामा माओवादी केन्द्रको वडा कमिटी गठन गरिएको छ ।

शनिवार बागमती नगरपालिका–११ स्थित आयोजना गरिएको भेलाले वडा नं ११ वडा कमिटी गठन गरेको हो । माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो । भेलाले निवर्तमान वडाध्यक्ष हरि प्रसाद पुडासैनिको अध्यक्ष र सचिवमा उत्तम कुमार आचार्य रहने गरी २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । भेलाले अम्बिका अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय अखिल नेपाल महिला संघको वडा कमिटी पनि गठन गरेको छ । महिला संघको उपाध्यक्षमा पुर्ण कुमारी दाहाल, सचिवमा हिरामाया लोप्चन र कोषाध्यक्षमा मुना लायो मगर चयन भएको संघले जनाएको छ । यस्तै, भेलाले घनश्याम थापाको संयोजकत्वमा २२ सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ । माओवादी केन्द्रले बागमती नगरपालिकाको १२ वटा वडामध्ये ११ वटा वडामा संगठन विस्तारको कार्यक्रम सम्पन्न भईसकेको जनाएको छ । केन्द्रले बागमती नगरपालिका–१, मा कुमार बुडाथोकी, २ नम्बर वडामा टेक बहादुर बल, ३ नम्बर वडामा लाल कुमार लामा, ४ नम्बर वडामा मंगल सिंह लामा, ५ नम्बर वडामा बुद्धि बहादुर तुम्सिङ, ६ नम्बर वडामा पुष्प खड्का, ७ नम्बर वडामा राजन घिसिङ, ९ नम्बर वडामा रविन्द्र ठकुरी, १० नम्बर वडामा गोमा लामा, ११ नम्बर वडामा हरि प्रसाद पुडासैनी र १२ नम्बर वडामा सन्त बहादुर लामाको अध्यक्ष रहने गरी वडा कमिटि गठन गरेको छ । नगरको ८ नम्बर वडामा भने माओवादी केन्द्रले वडा कमिटि गठन हुन बाँकी रहेको जनाएको छ । त्यस्तै, बागमती नगरापालिका–१२ को अखिल नेपाल महिला संघको अध्यक्षमा कमला स्याङ्तान चएन भएकी छिन् । स्याङ्तानको अध्यक्षतामा ३५ सदस्यिय समिति गठन भएको केन्द्रले जनाएको हो ।

निवर्तमान वडा कमिटि अध्यक्ष पुडासैनीको अध्यक्षतामा भएको भेलामा बागमती नगरपालिकाका नगरप्रमुख भरत कुमार थापा, उपप्रमुख लिला कुमारी मोक्तान, भुवन निरौला, बद्रि प्रधान, रामहरी कोईराला, भिमसेन थापा लगायतको आतिथ्यता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News