अपडेट 
२०७८ भाद्र १३, आईतवार ०७:३४

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ र ६ महेन्द्रनगरमा पानीको निकास नहुँदा दर्जनौं घर डुबानमा परेको छ ।

वर्षाका कारण सडक खण्ड हिलाम्य भएपछि आवतजावतमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम समेत बढेको छ । खाल्डाखुल्डी हुँदा पैदल यात्रु तथा सवारी साधन आवतजावतमा समस्या भएको हो । सडकको स्तरोन्नती तथा मर्मत नहुँदा प्रत्येक वर्ष वर्षा याममा आवतजावत गर्नेले दुख पाउने गरेका छन् । लगातारको बर्षाले आवतजावतमा कठिनाइ भईरहेको नेपाल खेलकुद संघ प्रदेश २ का संयोजक कमल चौधरिले दुख प्रकट गरे । यो समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने उनले माग गरे । सडकमा खाल्डाखुल्डी परेर वर्षायाममा सडक हिलाम्य हुँदा हिँडडुल गर्न निकै नै समस्या भइरहेको चौधरीको भनाइ छ । समान्य बर्षाबाट महेन्द्रनगरका सहायक सडकहरु हिलाम्य भएको उनले बताए । हिलो र खाल्डाखुल्डीका कारण यो सडकमा हिँड्नै डर लाग्छ’, उनले भने, ‘‘दिउँसो त जसोतसो हिँडडुल गरिन्छ तर राति हिँड्न धेरै खतरा छ ।’ यो सडकमा आवतजावत अत्यधिक हुने गरेपनि सरोकारवाला निकाय यसको मर्मतमा ध्यान नदिएको गुनासो पोखे । चल्तीको सडक दयनीय अवस्थामा पुगेपछि दुर्घटनाको जोखिम बढेको उनले थपे । मंगलबार बेमौसमी आएको वर्षाका कारण तथा सरसफाई र सडक निर्माणमा देखिएको लापारवाहिका कारणले सहायक सडकहरु हिलाम्य बनेको नेकपाका कार्यकर्ता संजय साहले बताए । संजय साहले क्षिरेश्वरनाथ नगरपालिकामा कतै विकासको मुल नदेखिएको र यहाँको प्रमुखले दादागिरी हिसाबले काम गरेको उनले आरोप लगाए । यता, जसपाका कार्यकर्ता बिनोद गुप्ताले केहि स्थानमा नालाको काम सम्पन्न भएपनि केहि ठाउँमा खाल्डो गरेर छाडेपछि समस्या भएको बताए । नेकपाका कार्यकर्ता महेन्द्र यादवले लगातारको अविरल वर्षाले महेन्द्रनगरका अधिकांश सडकहरु विग्रेका कारण आवत जावत गर्न कठिनाई भएको उनको भनाइ छ । विगत केहि दिनदेखि लगातार भइरहेको वर्षाले जनजीवन प्रभावित भएको छ ।

यता क्षीरेश्वरनाथ नगरपालिका–५ का वडाध्यक्ष जिवछ मण्डलले दुई घण्टा भित्र हेमपाइप ल्याएर समस्या समाधान गर्ने बताए ।

Comment


Related News

Latest News

Trending News