अपडेट 
२०७८ भाद्र १३, आईतवार ०७:४०

जनकपुरधाम । महोत्तरी जलेश्वर नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

मिनु कापर (नाम परिवर्तन) की आमा काम गर्दै आएको घरबेटीको छोराबाट उनी बलात्कृत भएकी हुन् । गर्भवती भएपछि बलात्कारको घटना बाहिर आएको हो । स्थानीय युद्धनाथ झाको छोरा २० वर्षिय आकाश झाले मिनु कापरलाई प्रलोभनमा पारि गएको ६ महिनादेखि यौनशोषण गर्दै आएको पीडितले आरोप लगाएकी छिन् । मिनुकी आमा लामो समयदेखि झाको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिईन । आमालाई सघाउन घर आउजाउ गर्दा आकाशले ललाईफकाई विहे गर्ने आश्वासन दिँदै यौनशोषण गर्दै आएको पीडितको आरोप छ । गर्भवती भएपछि घटना लुकाउन आकाश र उनको आमाले गर्भपतन गराएर बच्चा फाल्न लगाएको गुनासो पोख्दै उनले भनिन ‘ मेरो आमालाई आँखामा छारो हाल्दै गोलाको अप्रेशन हो भनि गर्भ तुहाइयो । आमाले घर लग्न खोज्दा जनकपुरबाट भारतको अछरवा भन्ने ठाँउमा लुकाएर पेटको घाउ निको भएपछि मात्रै उनीहरुले घर ल्याएको उनले सुनाइन् । गत असार २५ गत्ते जनकपुरस्थित सिटी अस्पतालमा चेकजाँच गराउँदा साढे सात महिनाको गर्भ रहेको बुझिएपछि गर्भ तुहाउन औषधि खुवाएको उनले बताइन् । मलाई न्याय चाहियो । उसले मसंग जे ग¥यो अव विहे गरोस् त्यहि उसको लागि सजाय हुनेछ भने मेरो लागि न्याय । ’ १४ वर्षमै पेटको अप्रेशनको घाउ बिग्रिंदै गएको र जलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि पीडित बालिकालाई जनकपुर रेफर गरिएको ओरेक नेपाल महोत्तरीकी प्रमुख लिला दियालीले जनाईन् । यस सन्दर्भमा स्थानीय भद्रभलादमीहरुले दुबै पक्षलाई बोलाई छलफल गरेको थियो । तर आरोपित झा परिवारले समाजिक निर्णयलाई अटेर गरेको पीडितकी आमाले दुखेसो पोखिन् । घटना खुल्दै जाँदा आकाशको आमा ममता झाले घटनालाई अन्तै मोड्न मसंग विभिन्न प्रकारको भिडियो खिचेको पीडितकी आमाले बताईन् । ममता झाले घटनाबारे प्रहरीमा उजुरी नदिन आर्थिक प्रलोभन समेत दिएको पीडितकी आमाले सुनाइन् । ममता झाले पैसा र पावरको बलमा गरिबमाथि अन्याय गर्न खोजेको पीडितले आरोप लगाइन् । न्यायको लागि पीडित कापर ओरेक नेपाल महोत्तरीमा निवेदन दिएकी छिन् । यस अघि न्यायको लागि पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा समेत उजुरी दिएकी छिन् ।

यता महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले घटनाबारे अनुसन्धान जारी रहेको जनाए । यता ममता झाले मेरो छोरा निर्दोष रहेको दावी गरेकी छिन् ।

Comment


Related News

Latest News

Trending News