अपडेट 
२०७८ भाद्र १३, आईतवार १२:१३

वर्षौंदेखि जीर्ण सडक मर्मत नगर्दा आवतजावतमा समस्या भएको भन्दै जनकपुरधामको पुलचौकमा स्थानीय युवाहरुले सडक जाम गरेर प्रर्दशन गरेका छन ।

जनकपुरधाम–युदकोहा सडकखण्ड अन्तर्गत जनकपुरधाम १ र १६ को विचिमा रहेको पुलमा बासको ढाठ लगाउदै स्थानीय युवाहरुले आइतबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन् । स्थानीयले टायर बालेर र बाँस तेर्स्याएर सडक अवरुद्ध गरेका छन् ।सडकमा भएका ठूला–ठूला खाल्डोको मर्मत गर्न पटक–पटक सम्बन्धित निकायलाई भन्दा पनि चासो नलिएका कारण बाध्य भएर आन्दोलनमा उत्रनुपरेको स्थानीय युवा तथा पुलचौक युवा कल्वका उपाध्यक्ष किसन साहले बताए ।

अहिले लगातार वर्षा हुँदा खाल्डोमा पानी जमेर एकदमै समस्या भएको स्थानीयको भनाइ छ ।सडकको दयनिय अवस्थाको कारणले गर्दा दिनहु दुर्घटना हुँदै आएको छ ।

Comment

Related News

Latest News

Trending News