अपडेट 
२०७८ भाद्र १४, सोमबार ०७:०४

पोखरिया । नेपाल प्रहरीले अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

पर्साको जगरनाथपुरबाट अबैध हुण्डी कारोबारी समेत दुई जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय जानकी टोलाबाट खटिएको टोलीले भारतीय नम्बरको आँनटेस्ट मोटरसाइकल चेकजाँच गर्ने क्रममा अबैध रकम नगद बरामद भएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको ईनर्वा थाना क्षेत्र ईनर्वा गाउँ निवासी ४५ वर्षीय बृजकिशोर गिरी र पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ गुलरिया घर भएका ५० वर्षीय रामपुकार पटेल रहेका छन । हुण्डी रकम लिएर नेपालतर्फ आएका उनीहरुलाई जगरनाथपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए । प्रहरीले उनीहरुको साथबाट भारतको बिहारस्थित ईनर्वा बजारबाट ल्याएको १० लाख ६३ हजार नेपाली रुपैयाँ र १ हजार ६ सय भारतीय रुपैयाँ बरामद गरेको छ । नम्बर प्लेट नभएको मोटरसाईकलमा आएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

शनिवार साँझ पक्राउ गरिएका गिरी र पटेलमाथि वित्तीय कारोबार ऐन २०७५ बिरुद्धको कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

Comment

Related News

Latest News

Trending News