अपडेट 
२०७८ भाद्र १४, सोमबार ०७:०८

पोखरिया । पर्साको जगरनाथपुर पुर्ण खोप गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकामा रहेका दुई वर्ष मुनिका बालबालिकाहरुलाई महिला स्वयमसेविकाहरु घर—घरमै पुगेर खोप लगाएका थिए । पालिकाका बालबालिकाहरुलाई खोप लगाइसकेपछि आइतबार एक कार्यक्रमका बीच पुर्ण खोप गाउँपालिका घोषणा गरिएको हो । ‘स्थानिय स्वामित्व र सहभागिता’ पुर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धता’ नाराका साथ जगरनाथपुर गाउँपालिकालाई पुर्ण खोप घोषणा गरिएको हो । स्वास्थ्य शाखाले आयोजना गरेको पुर्ण खोप घोषणा कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका प्रमुख नेकमहम्द मियाँले उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै खोपको बारेमा विषेशगरी महिलाहरुले बुझनु पर्ने आवश्यक्ता रहेको बताए । देशको कर्णधार बालबालिका नै हुन् । जन्मदेखि दुई वर्ष सम्मका बालबालिकाहरुले पुर्ण खोप नपाए विभिन्न रोगको शिकार हुनुपरेको छ । पीडित आमा नै हुने गरेकोले महिलाहरुले यस तर्फ चनाखो हुन जरुरी रहेको उनले बताए । स्वास्थ्यकर्मी हरुको अहमभुमिका रहेकोले पैसाको साथै धर्म पनि कमाउछ । स्वास्थ्यकर्मीहरुले ईमानदारी पुर्वक लाग्न आग्रह गरे । पुर्णखोप कार्यक्रम गाउँपालिका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको कार्यक्रममा पाँचै वडा हरुमा पुर्णखोप घोषणा भईसकेकोले जगरनाथपुर गाउँपालिकालाई पुर्ण खोप घोषणा गरिएको छ ।

कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी पितामबर घिमरे, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडका, डिएसपी ओमप्रकाश खनाल, स्वास्थ्य कार्यालय प्रमुख नवल किसोर साह, जिल्ला सुपरभाइजर अधिकृत पशुपति यादव, जसपा का युवा नेता सरिफ गद्दी, गाउँपालिका उपाध्यक्ष बिसमिला खातुन, वडाध्यक्ष मंगरु राउत गद्दी, नगिना राउत अहिर , प्रभुनाथ प्रसाद नुनिया,अयोध्या पटेल, एनजियोसीसी अध्यक्ष ईब्राहिम देवान, गाउँपालिका निमित प्रमुख उतमकार्की स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह, सदाम आईटी औफिसर अंसारी ,योजना प्रमुख दिपेन्द्र चौधरी, पुर्णखोप घोषण कार्यक्रममा कार्यपालिका सदस्य स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News