अपडेट 
२०७८ भाद्र १४, सोमबार ०७:१३

जीतपुर । बाराकको सिमरामा तेस्रो भेट्रान कप २०७८ असोज १ गतेदेखि शुरु हुने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ कोसेली यूथ क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुल समितिका संयोजक सोमलाल बोम्जनले गैरी खेल मैदानमा तेस्रो सस्करण शुरु गर्न लागिएको जानकारी दिए । असोज १२ गतेसम्म चल्ने प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको बिजेताले नगद ५० हजार उप बिजेताले नगद ३० हजार दिने बताए । त्यसबाहेक प्रत्येक दिन म्यान अफ द म्याच, हाईस्कोरर, म्यान अफ द सिरिज, बेस्ट परफर्मेन्स, बेस्ट डिफेन्स र बेस्ट गोल किपरको उपाधी पनि दिईने संयोजक बोम्जनले बताए ।

प्रतियोगितामा अनुमानित ५ लाख १८ हजार ६०० रुपैया खर्च लाग्ने आयोजकले जनाए ।

Comment

Related News

Latest News

Trending News