अपडेट 
२०७८ भाद्र १४, सोमबार ०७:४७

जनकपुरधाम । कृत्रिम गर्भाधानको कारण धनुषा जिल्लाका हजारौं पशुपालक किसानहरु लभान्वित बनेका छन ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जनकपुरधामका प्राविधिक अधिकृत राजकुमार साहले गत आर्थिक वर्षमा यस कार्यालय मार्फत ८ हजार ४ सय ७८ चौपायामा कृत्रिम गर्भाधान भएको जनाए । सो मध्ये ४ हजार ५ सय ९५ गाई र ३ हजार ८ सय ६३ भैंसीमा कृत्रिम गर्भाधान गरिएको हो । यस अघि आ.व.०७६÷०७७मा ३ हजार ६ सय ४४ चौपायामा कृत्रिम गर्भाधान गरिएको थियो । त्यस्तै आ.व.०७५÷०७६ मा ७ हजार ९ सय ८ गाई तथा २ हजार १ सय ५५ भैंसीमा गर्भाधान भएको अधिकृत साह बताउँछन । तथ्यांकको अध्ययन गर्ने हो भने गाई भैंसीमा कृत्रिम गर्भाधान गराउनेहरुको संख्यामा दिनानुदिन बृद्धि हुँदै गएपनि बाख्रापालक किसानहरु भने न्युन संख्यामा सेवा लिने गरेको देखिन्छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकले जम्मा एक सय बाख्रामा मात्रै कृत्रिम गर्भाधान गराईएको पाईएको छ । जनचेतना, प्रचार प्रसारको अभावको कारण बाख्रा किसानहरुमा खासै आकर्षण देखिएको छैन । स्थानीय सरकार गठन अघि सम्म जिल्ला पशुसेवा र यसै मातहतका जिल्ला भरमा संचालित जम्मा १८ वटा केन्द्रबाट कृत्रिम गर्भाधान सेवा प्रदान गरिंदै आईएपनि हाल यो संख्या ह्वातै बढेकोले कृत्रिम गर्भाधान गराउने किसानहरुको एक्जेक्ट तथ्याँक किटान गर्न नसकिने अधिकृत साहले बताए । हर एक नगरपालिका , गाउँपालिका लगायतका वार्ड— वार्ड कार्यालयमा यो सेवा सहजै उपलब्ध हुने भएकोले यो सेवाको क्षेत्र विस्तार हुँदै गएकोले एकिनका साथ संख्या किटान गर्न नसकिने स्पष्ट पारे । पशुपालक किसानहरुको लागि राज्यले प्रदान गर्दै सेवाहरु मध्ये कृत्रिम गर्भाधान उत्तम सेवा मात्र नभई सस्तोमा समेत रहेको जानकारी दिँदै उनले भने–‘राज्यले दुध,फुल र मासुमा बृद्धिको निम्ति सकारात्मक परिवर्तनको लागि उन्नत नश्ललाई बढाबा दिई उत्पादकत्व बढाउने उद्देश्यले यो सेवा प्रदान गरेको दुई दशक बितेपनि पछिल्लो १० वर्षमा भने किसानहरुमा यस बारे आकर्षण बढेको र यसले धनुषामा मात्र नभई धनुषा महोत्तरी लगायतका यस प्रदेशमै ठुलो फड्को मारेको छ यसमा कुनै दुई मत छैन ।’ मुलुकभरकै सेवा प्रदायक केन्द्रहरुमा पोखराबाट उत्पादित सिमन प्रयोग गर्ने गरिएको छ । हाल नेपालमा जर्सी र होलस्टन जस्ता उन्नत जातको सिमनहरु उपलब्ध हुने गरेको र सोको प्रयोगले हजारौ किसानहरु लाभान्वित बनेको दावी गर्दै साहले भने–‘यति मात्र कहाँ हो र यसै कार्यालयको कुरा गर्ने हो भने भारत बिहारका सीमावर्ती पिपरौन , चरौत , पिरोखरि लगायतका ठाँउबाट किसानहरुलाई प्राविधिक सेवा लिने गरेको बताए ।’ खुला रुपमा सांढेसंगको प्राकृतिक गर्भाधानमा कुनै एउटा गाईमा रोग छ भने सो रोग अन्य गाई भैंसीमा सर्ने हुँदा कृत्रिम गर्भाधान आर्थिक लाभको लागि मात्र नभई पशुको स्वास्थ्यको निम्ति समेत त्यतिकै महत्वपुर्ण रहेको पशु चिकित्सक डा.निरन्जन यादव बताउँछन । उनी भन्छन–‘ खास गरेर गाई भैंसीको पाठेघरमा सर्भिसाईटिस भन्ने रोग लाग्ने गरेको छ सो रोग लागेपछि पशुमा बाँझोपन सम्मको खतरा बनेको हुन्छ जुन खतरा कृत्रिम गर्भाधानमा शुन्य हुने गरेको छ त्यसैले कृत्रिम गर्भाधानको कुनै विकल्प नै छैन ।’ कृत्रिम गर्भाधानमा पशुहरुमा प्रजनन सम्बन्धि कुनै पनि रोग नलाग्नु, किसानले ईच्छाएको उन्नत जातको सिमन प्रयोग गर्न सक्ने लगायतका लाभ हुने भएकोले यसको लागि अझै पनि जनचेतनामुलक कार्यक्रमहरुमा जोड दिनु पर्ने आवश्यक्ता महशुस गरिएको भन्दै राज्यले यसलाई घर—घर सम्म सेवा पु¥याउन सक्नु पर्ने डा.यादवको भनाई छ । नीजि क्षेत्रमा समेत यो सेवा सहजै गाँउ—गाँउमा उपलब्ध रहेको तर गरिब किसानहरुको निम्ति सो सेवा महँगो पर्ने गरेको गुनासो बिन्धी निवासी किसान चरितर दास बताउँछन । उनी भन्छन ‘सरकारले २५ रुपियामा यो सेवा प्रदान गर्दै आएको भएपनि अझै पनि थुप्रै किसानहरु यस सेवाबाट वञ्चित बनेका छन ।’ ‘अब त हामीले पनि क्रस अर्थात कृत्रिम गर्भाधानबाट जन्मेको बाछी, पारी किन्ने सोंचमा आईसकेका छौं हामीले नर्मल भन्दा क्रसको बच्चा किन्न आतुर हुन्छौं ।’–जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर १५ रामपुरका किसान रामअशिष साहले भने । उनले भने–‘मेरै गाँउमा अहिले कतिपय किसानहरु छन जसको गाईले दुई लिटर दुध दिन हम्मे हम्मे पथ्र्यो अहिले सोही गाईको क्रस बच्चाले पाँच लिटर सम्म दुध दिने गरेको छ ।’ एउटै साँढे÷राँगासंग धेरै गाई÷भैंसीहरुको गर्भाधान भएपछि सर्भिसाईटिस रोग सर्ने अत्याधिक सम्भावना हुन्छ । सो रोग लागेपछि गाई भैंसीको यौनाँगबाट पानी बगिरहने, गन्हाउने खाना नरुचाउने जस्ता समस्या देखिने गरेको छ ।

कृत्रिम गर्भाधानले यस्ता रोगहरुबाट सजिलै सुरक्षित रहने भएको हुँदा यो सेवाको प्रचार प्रसार अत्यन्त आवश्यक रहेको आजको घनिभूत आवश्यकता रहेको पशु विज्ञहरुको ठहर छ ।

Comment

Related News

Latest News

Trending News