अपडेट 
२०७८ भाद्र १४, सोमबार १३:०२

एमबीबीएस र बीडीएसको आरक्षण कोटामा नाम निकालेका ८ जनाको नाम चिकित्सा शिक्षा आयोगले योग्यता क्रमबाट हटाएको छ ।

आयोगका अनुसार गलत कागजात पेश गरेको उजुरी परेका उनीहरुको कागजात पुन: छानविन गर्दा सही हुन नसकेपछि आरक्षणको योग्यता क्रमबाट हटाएको हो । नाम हटाइनेहरुमा आदीवासी जनजाती र थारु समूहबाट एमबीबीएसमको आरक्षणमा रहेका अमनकुमार चौधरी, खस आर्य र पिछडिएको क्षेत्र समूहबाट एमबीबीएसमा नाम निकालेका बीरेन्द्र धिताल, खस आर्य र पिछडिएको क्षेत्र समूहबाट नाम निकालेका गगन प्याकुरेल, पिछडिएको क्षेत्रबाट एमबीबीएसमा परेका लकसन शाही, खस आर्यबाट एमबीबीएसमा परेका सुजन घिमिरे रहेका छन् ।

यस्तै खस आर्य र पिछडिएको क्षेत्रबाट एमबीबीएस र बीडीएसमा नाम निकालेका सूर्यकिरण जोशी, महिला दलित महिला र दलित कोटाबाट एमबीबीएसमा नाम निकालेकी स्वस्तिका सुन्दास र महिला आदिवासी जनजाती कोटाबाट एमबीबीएस र बीडीएसमा नाम निकालेकी स्मारिका श्रेष्ठ रहेका छन् ।

उनीहरुले कक्षा ६ देखि १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन गरेको भन्ने काजगात पेश गरेका थिए । तर त्यसमा उजुरी परेपछि आयोगले छानविन गरेको थियो । छानविनका क्रममा उनीहरुले पहिले पेश गरेको काजगात सही नभएपछि हटाएको आयोगले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News