अपडेट 
२०७८ भाद्र १५, मंगलवार ०७:२६

वीरगञ्ज । विश्व हिन्दू परिषदको ५७औं अन्तराष्ट्रिय स्थापना दिवसको अवसरमा श्री कृष्ण जन्माष्टमी धुमधामका साथ वीरगञ्जमा मनाएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा परिषद्ले वीरगञ्जमा भव्य रुपमा भगवान श्रीकृष्णको शोभायात्राको निकालेको छ । वीरगञ्ज १० गहवाबाट निकालिएको शोभा यात्रा रेल्वे रोड हुदै विर्ता, अलखियामठ, आर्दशनगर, घडिअर्वा, माईस्थान, घण्टाघर हुदै पुन गहवाको श्रीकृष्ण मन्दिरमा परिणत भएको थियो । शोभायात्रामा सहभागिहरुले भगवान श्रीकृष्ण, जय श्री राम, हर हर महादेव लगायत धार्मिक नारा लगाउँदै उत्साहपूर्वक यात्रा सम्पन्न गरेका थिए । शोभायात्रा सम्पन्न पश्चात श्रीकृष्ण मन्दिरमा आयोजित एक सभालाई सम्बोधन गर्दै विश्व हिन्दु परिषदका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले आज निकालिएको शोभायात्रा हिन्दु धर्मावलम्बीहरुको लागि ऐतिहासिक र गर्वको विषय रहेको बताए । समाजमा रहेको विभिन्न जातजातिका हिन्दु हामी एकआपसको सहोदर दाजु भाई नै हो, उनले भने, ‘ विश्व हिन्दू परिषदको दृष्टीमा कुनैपनि समुदाय सानो ठूलो छैन सब सम्मान रुपमा रहेको हुनाले आफनो धर्म संस्कृति जोगाउँन सम्पूर्ण हिन्दू समाज एकजुट हुनुपर्छ । ’ बौद्धिक सनातन धर्म यस्तो धर्म हो, जहाँ हामी आमालाई पुजा गर्छौ, ‘ नेपाल एउटा यस्तो पवित्र भुमि हो जहाँ हामी कन्यालाई पुजा गर्छौ महासचिव सिंहले भने, विश्वको ऐतिहासिक चिनारी पनि हो यसको संमरक्षण गर्न पनि हाम्रो कर्तव्य रहेको हुनाले सम्पूर्ण हिन्दुसमाज एकजुट भएर सनातन धर्मको रक्षा गर्नुपर्छ । ’ वडा नम्बर १० का वडाध्यक्ष राजकिशोर साहको अध्यक्षतामा निकालिएको शोभा यात्रामा विश्व हिन्दु परिषद नेपालका जिल्ला अध्यक्ष ओम प्रकाश साह, जिल्ला सचिव कृष्ण मोहन सहाय, वीरगन्ज महानगर अध्यक्ष बृजेश मल्लिक, जिल्ला सदस्य मोहन पटेल, अजय सिंह लगायतको स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो । परिषदको कार्यालय एक कार्यक्रम विच उद्घाटन गरिएको छ । वीरगन्ज गहवा स्थित भिमसेन मन्दिर अगाडी रहेको परिषदको कार्यालय विश्व हिन्दु परिषद नेपालका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले विधिवत रुपमा पुजापाठ गरी उदघाट्न गरेका हुन ।

कार्यक्रममा हिन्दु स्वयंसेवक संघका राष्ट्रिय प्रचारक बेद प्रकाश जी, परिषदका युवा कार्यकर्ता अमन साह, सागर सर्राफ, राज सोनी लगायतको युवाहरुको सहभागिता रहेको थियो ।

Comment

Related News