अपडेट 
२०७८ भाद्र १५, मंगलवार ०७:३५

जीतपुर । श्रीकृष्ण जन्माष्टमीको अवसरमा ब्रहमकुमारी राजयोग उप सेवा केन्द्र जीतपुरले चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न विद्यालयबाट आएका बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । जीतपुर सिमरा
उपमहानगरपापलिका को प्रमुख डा.कृष्ण पौडेलले कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्नु हुदै हरेक धर्मको साझा उदेश्य जगत कल्याण गर्ने भएको बताउँनुभयो । कुनै धर्म वा धार्मिक किताबले असत्यको पाठ नसिकाउँने गरेको बताए । ब्रहमकुमारी राजयोग सेवा केन्द्रले शान्ति र जगत कल्याणको पाठ सिकाईरहेकाले सबैले राजयोग केन्द्रबाट सिकेको पाठलाई आफनो ब्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । शान्तिको सन्देश फैलाउने यस केन्द्रलाई नगरको तर्फबाट सक्दो सहयोग गर्ने नगरप्रमुख पौडेलले प्रतिबद्धता ब्यक्त गरे । राजयोग सेवा केन्द्रका अन्तराष्ट्रिय प्रशिक्षक राजु घलेले कृष्णको लिलालाई धार्मिक गुरुहरुले अपब्याख्या गरिदिँदा जनमानसमा यसको नराम्रो प्रभाव परेको बताए । उहाँले १५ वर्ष पश्चात पृथ्वीमा सर्वणिम युगको शुरुवात हुने भएकाले सबैले राम्रो काम गरेर स्वर्णीम युगको स्वागत गर्न अनुरोध गरे ।

ब्रहमकुमारी राजयोग उप सेवा केन्द्र जीतपुरका प्रमुख रेनु दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्ब जितपुर गा.बि.स.अध्यक्ष कृष्णब्रत सिहं, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोज गुप्ता, महासचिव शिवजी साह सोनार, गढिमाई साझेदारी बन पथलैयाका अध्यक्ष गणेशजी प्रसाद साह, वडा सदस्य दुर्गा रिजाल ,शिक्षा प्रेमी कालिका प्रसाद ढकाल ,समाजसेवी अफताब आलम ,ब्रहमकुमार श्रवन गुप्ता लगाएको उस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News