अपडेट 
२०७८ भाद्र १५, मंगलवार ०७:४१

जीतपुर । होटल तथा पर्यटन व्यवसायी संघ बाराको चौथो साधारणसभा जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा सम्पन्न भएको छ ।

साधारणसभाको एक कार्यक्रमका बिच बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्घाटन गरेका थिए । साधारणसभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले पर्यटन प्रवद्र्धनमा संघले खेलेको भुमिकाको प्रशंसा गरे । बारा पर्यटनको हब बन्दै गएको भन्दै उहाले पर्यटन प्रवद्र्धनको अभियानमा लाग्न आग्रह गरे । कार्यक्रममा बोल्दै संघका सल्लाहकार एवं संविधान सभा सदस्य शोभाकर पराजुलीले पर्यटन प्रवद्र्धनको बिषयमा राज्यले बिशेष निति ल्याउनुपर्ने बताए । उनले होटल व्यवसायी संघको गतिविधि निकै नै प्रशंसनीय रहेको बताउनुभयो ।संघका सल्लाहकार एवं बरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले पर्यटन प्रवद्र्धनको अभियानमा सबै क्षेत्र र निकाय जोडिनुपर्ने बताए । कार्यक्रममा बोल्दै पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले पर्यटन प्रवद्र्धनमा संघले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । कार्यक्रममा ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकाल, आन्तरीक राजश्व कार्यालय सिमराका प्रमुख नारायण भण्डारी, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक मनोजित कुवर, नव जनजागृती युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामा लगायतको उपस्थिति रहेको थियो । साधारणसभाको अध्यक्षता संघका अध्यक्ष मोहन शर्माले गरेका थिए । साधारणसभाको अवसरमा संस्थाले बिभिन्न विधानमा सम्मान समेत गरेको थियो ।सो अवसरमा जेष्ठ होटल व्यवसायी सदस्यको तर्फबाट दिल बहादुर गुरुङ, उत्कृष्ट बचत कर्ताको तर्फबाट माईली लमिनी, उत्कृष्ट कारोबार कर्ताको तर्फबाट दिनेश लामा तामाङ र जैसवाल होटलका सञ्चालक बिनोद जैसवाललाई सम्मान गरिएको थियो । यसैगरी संस्थाको समाचार प्रकाशन तथा प्रशारण गरे बापत सञ्चारकर्मी उपेन्द्र ठाकुर र प्रकाश लम्साललाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ बाराका प्रमथ उपाध्यक्ष अर्जुन लम्सालले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News