२०७८ भाद्र १६, बुधबार ०६:५७

जनकपुरधाम । जनकपुरधामस्थित गोपाल सेवा समितिमा श्रीकृष्णाजन्माष्टमी धुमधामका साथ मनाइएको छ ।

मंगलबार बिहानैदेखि गोपाल सेवा समितिस्थित श्रीकृष्ण मन्दिरमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । श्रीकृष्णाजन्माष्टमीको अवसरमा प्रत्येक वर्ष कृष्ण मन्दिरमा विशेष पूजापाठ गरिदै आएको छ । समितिको आयोजनमा यसअघि सोमबार भगवान श्रीकृष्णको जन्मोत्सव मनाइएको थियो । गोपाल सेवा समितिले श्रीकृष्ण मन्दिरलाई दुल्ही झैं सजाएको छ । सोमवार राति १२ बजे भगवान कृष्णको जन्म भएको मान्यता अनुसार विधिविधानका साथ मन्दिरमा पुजा अर्चना गरि कृष्णाष्टमी उत्सव मनाईएको पुजारीहरुले बताएका छन् । धार्मिक तथा पर्यटकीय नगरी जनकपुधाम स्थित एक मात्र कृष्ण मन्दिरमा भक्तजनहरुको ओइरो लागेको थियो । सामान्यतया दिनहुँ जसो भीड रहने सो मन्दिर कृष्णाष्टमीको अवसरमा अझै बढि आकर्षक बनेको छ । हातमा मुरली , शिरमा मयूरको प्वाँख लगाई बाँसुरीको मधूर धूनमा मस्त भगवान श्रीकृष्णको आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ । सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष हिन्दुधर्मावलम्बीहरुले धुमधामका साथ श्रीकृष्णाजन्माष्टमी मनाउने गरेका छन् । गोविन्द , कान्हा , कन्हैया , काले , मुरलीमनोहर , श्यामसुन्दर , माखनचोर , आदि बिभिन्न नामबाट बोलाईने कृष्णलाई जगतका सम्पुर्ण घटनाको मुख्य सर्जकाका रुपमा पनि स्मरण गरि पुजा अर्चना गरिने गरिएको छ । एका तर्फ न्याय र धर्मको रक्षार्थ विनाश र युद्धको नियतिसंग समानान्तर रुपमा गएको कृष्णको जीवन अर्को तर्फ शान्ति र मानवता तर्फ पूर्ण रुपमा निर्दिष्ट रहेको छ ।

Comment


Related News

Latest News

Trending News