अपडेट 
२०७८ भाद्र १६, बुधबार ०७:०१

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता कुमारी मिश्र लगायत धनुषाका ५२ जना जनप्रतिनिधिहरु लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा) रोजेका छन् ।

उपमेयर मिश्रसहित जनप्रतिनिधिहरुले मंगलबार प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर लोसपाको पक्षमा सनाखत गराएका हुन् । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ । मंगलबार ५२ जना जनप्रतिनिधिहरुले लोसपामा आबद्ध रहेको भन्दै सनाखत गराएका हुन् । हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा , जउनपा–४का वडाध्यक्ष सुदर्शन सिंह, जउनपा–८ का वडाध्यक्ष रमेश कुमार ठाकुर , जउनपा–७ का वडाध्यक्ष जानकीराम साह , जउनपा–२२ का वडाध्यक्ष शिवरत्न पाण्डे ,जउनपा–२० का वडाध्यक्ष भोगेन्द्र झा , ११ का वडाध्यक्ष रामचन्द्र साह लगायतका रहेका छन । त्यस्तै रेखादेवी , मिना देवी साह , विरचन यादव , राजकुमार पँडित ,शिला देवी , सजदा खातून , रंजित कुमार , मो.जाकिर हुसैन , राजकुमार ठाकुर सहितका नगरपालिका तथा गाँउपालिकाका सदस्यहरु लगायत ५२ जनाले सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ । यता महोत्तरी जिल्लामा सदरमुकाम जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रा ,भंगहा नपाका मेयर संजीवकुमार साह , मनरा शिश्वा नगरपालिकाका मेयर संजय कुमार सिंह , एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला यादव ,जनपा– ४ सुगाका वडाध्यक्ष लोकेन्द्र लाल कर्ण लगायत विभिन्न गाउँपालिका र नपाका कार्यकारिणी सदस्यहरु समेत गरि १०२ जनाले सनाखत गरेका छन् ।

प्रदेश सभा सदस्य अभिराम शर्माले जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेश सिंह सहित पहिलो दिन १०२ जनाले लोसपा रोजेर सनाखत गराएको जानकारी दिए । उनका अनुसार २० जना वडाध्यक्ष, चार–चार जना नगर प्रमुख उपप्रमुख, सात जना जिल्ला समन्वय समितिका पदाधिकारी बाँकी कार्यपालिका सदस्यहरुले सनाखत गराएका हुन् । ‘पार्टीले सनाखत गराउने सबै स्थानीय तहलाई छुटा छुटै समय तोकेको छ,’उनले भने, ‘२२ गते सम्म पूर्व राजपाकासहित सबै ईच्छुक सदस्यको सनाखत हुनेछन् ।’ महोत्तरीमा पुर्व राजपाबाट ६ वटा प्रमुख र ९ वटा उपप्रमुख जितेका थिए । यता महोत्तरी गाउँपालिकाको मेयर सुनिल ठाकुर र मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले बुधबार सनाखत गर्ने भकाएका छन् ।

Comment

Related News

Latest News

Trending News