गौर । गम्भीर प्रकृतिका रोगबाट ग्रसित रौतहट जिल्लाका संचारकर्मीलाई ग्रामीण विकास केन्द्र नेपालले एक लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
मस्तिष्क ट्युमरको रोगबाट ग्रसित भएका राजदेवी मिडिया प्रा लि का संचालक रामपुकार राउतलाई ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसैनले कतार च्यारिटीको सहयोगमा एक लाख एक हजार रुपैयाको चेक पीडित संचारकर्मी पटेललाई मंगलवार हस्तान्तरण गरेका हुन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाले आर्थिक अवस्था कमजोर भएका संचारकर्मी राउतलाई उपचारमा सहयोगको लागि उक्त रकम उपलव्ध गराइएको ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष हुसैनले बताए । भारतको दिल्लीस्थित एम्स होस्पिटलमा मस्तिष्कको शल्यक्रिया हुने पत्रकार पटेलको उपचारमा विभिन्न व्यक्तिहरुले आ आफ्नो तर्फबाट सहयोग गर्ने गरेका छन् । मधुमेहको अवस्था उच्च भएकोले सामान्य अवस्था भएपछि शल्यक्रिया गरिने चिकित्सकहरुले सल्लाह दिएको पटेलले बताए । नेपाल पत्रकार महासंघ रौतहट शाखाका पदाधिकारीहरुको रोहवरमा संस्थाका अध्यक्ष हुसैनले पीडितलाई चेक हस्तान्तरण गरेका थिए ।


