अपडेट 
२०७८ भाद्र १६, बुधबार ०७:१५

जनकपुरधाम । जनकपुरधामस्थित मिथिला बिहारी राष्ट्रिय प्राथमिक विद्यालयलाई समायोजन गर्नका लागि स्थानियवासीहरुले माग गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं १ स्थित मिथिला बिहारी विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्नका लागि पुलचौकका बासिन्दाले जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा निवेदन दर्ता गराएको छ । विद्यालयमा न्युन विद्यार्थी उपस्थित भएपनि शिक्षक शिक्षिकाको संख्या बढी रहेकोले स्थलगत निरीक्षण गरेर नेपाल सरकारको नियमानुसार विद्यालयलाई समायोजन गर्नका लागि उपमहानगर कार्यालयमा निवेदन दिएको पुलचौकका स्थानिय मनोज कुमार पुर्वेले बताए । गत भदौ ५ गते बसेको विद्यालयका अभिभावक तथा पुलचौकका स्थानीयहरुको बैठकबाट विद्यालयमा विद्यार्थीको संख्या न्युन रहेको र शिक्षकहरु पनि विद्यालयमा नियमित उपस्थित नभएको ले समायोजन गर्नुपर्ने माग गरेका हुन् । फर्जी विवरण तयार गरि विद्यार्थीको छात्रवृति लिदै आएकोले विद्यार्थी र समाजको हितमा नरहेको भन्दै विद्यालयलाई समायोजन गराउन पहलको लागि निर्णय गरिएको थियो । स्थानिय मनोज पुर्वेका अनुसार विद्यालयका प्रधानाध्यापक संग छात्रवृति र विद्यार्थीको संख्या सम्वन्धि जानकारी माग गर्दा प्रधानाध्यापक करिव डेढ महिनादेखि विद्यालय आउनै छाडेको बताए । उपमहानगरपालिकामा यसअघि पनि यस्ता समस्या लिएर पुलचौकका स्थानियवासीहरु पुगेको र उपमहानगर प्रमुख लालकिशोर साहले विद्यालय समायोजन सम्वन्धि समाजको निर्णय गरेर ल्याउन भनेको र सोहि अनुरुप विद्यालय समायोजनका लागि निवेदन दिएको पुर्वेको भनाई रहेको छ ।

मिथिला विहारी विद्यालयमा विद्यार्थीको संख्या भन्दा बढी शिक्षक रहेको आरोप लाग्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News