
जीतपुर । बारा प्रहरीले लाखौँ मुल्य बराबरको तस्करीको मालसमान भन्सार दाखिला गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र मातहतको प्रहरी चौँकीले बिभिन्न समयमा बरामद गरेको १६ लाख ६ हजार ७ सय ५६ मुल्य बराबरको मालसमान भन्सार दाखिला गरिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए । बरामद मालसमानमा औषधी, मल, खसी लगायतका मालसामान तथा मोटरसाइकल रहेका छ । पक्राउ गरीएको मालसमान आवश्यक कारवाहीको लागिे भन्सार कार्यालय वीरगंज पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।