अपडेट 
२०७८ भाद्र १६, बुधबार ०७:२६

जीतपुर । बाराको सिम्रौनजगढबाट मंगलबार प्रहरीले पेस्तोल र म्याग्जिनसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले सिम्रौनगढस्थित बिधायक होटेलबाट पेस्तोलसहित दुवै जनालाई पक्राउ गरिएको बारा प्रहरीका प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए । सिम्रौनगढ नगरपालिका वडा नं.६ बाट पक्राउ पर्नेमा सोही नगरपालिका वडा नं.४ गंगानगर बस्ने बर्ष ३५ को राजेश प्रसाद यादव र बर्ष २० को जितेन्द्र प्रसाद कुशवाहा रहेका छन् । प्रहरीले उनीहरुको साथबाट लुकाई छिपाई राखेको अवस्थामा मेड ईन यु.स.ए.नं.७७७७० लेखिएको म्याग्जिनसहित पेस्तोल एक थान र एक्स्ट्रा म्याग्जिन एक थान बरामद गरेको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News