अपडेट 
२०७८ भाद्र १६, बुधबार ०७:३९

जनकपुरधाम । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिका–१ धर्मवान टोलमा दोश्रो जिल्लास्तरीय नेपाल सोतोकान कराँते प्रतियोगिता–२०७८ तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

श्रीकृष्ण युवा कमिटी जनकपुरधाम–१ ले आयोजना गरेको कराँते प्रतियोगिताको उद्घाटन जानकी आँखा अस्पतालका अध्यक्ष एवम् समाजसेवी आनन्द(गंगाराम) यादवले गरेका छन् । श्रीकृष्णाजन्माआष्टमीको अवसर पारेर आयोजित दोश्रो कराँते प्रतियोगितामा जिल्लाभरका खेलाडीहरु सहभागी भएको आयोजक कमिटीका अध्यक्ष लभ कुमार अधिकारीले जनाए । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नं.७ का वडाध्यक्ष जानकी राम साह, वडा नं १३ का शुभ नारायण मंडल, युबा संघ नेपालको केन्द्रिय अनुशासन समिति सचिब दिनेश सिंह, राष्ट्रिय युवा संघ नेपाल केंद्रीय सचिवालय सदस्य जानी खान, केन्द्रिय सदस्यहरु रोशन कर्ण, राजिब पटेल, कुश अधिकारी, मंजय राउत, जसपाका युवा नेता नविन यादव, जिल्ला अध्यक्ष राम उद्गार यादव लगायतको उपस्थिति रहेको थियो ।

Comment

Related News

Latest News

Trending News