अपडेट 
२०७८ भाद्र १६, बुधबार ११:४७

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार नेपाली बजारमा सुनचाँदी दुबैको बजार मूल्यमा गिरावट आएको छ ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले सस्तिएको हो ।  योसँगै गत मंगलबार बजारमा प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ९१ हजार रुपैयाँ कायम भएको छ भने चाँदी एक हजार १९५ रुपैयाँ कायम भएको छ ।  यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज बुधबार गत मंगलबारको मूल्यमा तोलामा २०० रुपैयाँले सस्तिदै ९० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News