
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा प्रदेश २ का पुर्व भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले प्रदेश नं २ मा लोसपा शक्तिशाली पार्टी बन्ने दावी गरेका छन ।
निर्वाचन आयोगमा दल रोज्नका लागि विभिन्न सांसदको टिम सहित बुधवार पुगेका सांसद सोनलले संचारकर्मीहरुलाई प्रतिक्रीया दिदै यस्तो दावी गरेका हुन । उनले लोकतान्त्रिक मुल्यमान्यता बोकेका लोसपामा बाम विचारधारा बोकेका जसपाबाट सांसदहरु २२ गते सम्ममा लोसपा रोज्ने दावी गर्दै उनले भने २२ गते पछि हामी जसपा भन्दा पनि महत्वपुर्ण र शक्तिशाली दलको कार्यकता वन्ने छौ ।
जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध प्रदेश २ का १० जना प्रदेशसभाका सदस्यले आज सनाखत गरेका छन् । जसपा छाडेर लोसपातर्फ लागेका प्रदेश २ का प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गराएका हुन् ।जसपा छाडेर लोसपामा गएका सांसदहरूलाई दल चुन्नका लगि निर्वाचन आयोगले २२ गते सम्मका लागि समय दिएको छ ।लोसपाको पक्षमा १० जना प्रदेशसभा सदस्यहरुले आज सनाखत गराएका हुन् । बाँकी प्रदेशसभा सदस्यले बिहिबार सनाखत गराउने लोसपाका नेता जितेन्द्र सोनलले जानकारी दिए ।लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायण साह, जानकीशरण साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह रहेका छन् । जितेन्द्र सोनल, अभिराम शर्मा, डिम्पल झा र उपेन्द्र महतो लगायतका प्रदेशसभा सदस्यहरुले बिहिबार सनाखत गर्ने बताइएको छ ।प्रदेश २ को प्रदेशसभामा तत्कालिन समाजवादी पार्टीबाट ३० र तत्कालिन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्यहरु रहेका थिए । जसमध्ये १० जना जसपातर्फ लागेका थिए ।
अहिले लोसपातर्फ १५ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । १५ मध्ये आज १० जनाले सनाखत गराएका छन् ।