भारतले मधेसका वाढीपिडितलाई राहत सामग्री प्रदान गरेको छ । वीरगन्ज स्थित भारतीय महावाणिज्य दुतावासले नेपाल भारत महिला मैत्री समाजको समायोजनमा पर्सा जिल्लाका बाढी पिडितलाई राहत सामग्री बितरण गरेको हो । बुधबार बिरगंज स्थित भारतिय बाणिज्य दूतावासमा आयोजित एक कार्यक्रमकोबिच पर्सा जिल्लाका विभिन्न ४ स्थानीय तहका करिव १०० पीडित परिवारलाई बितरण गरिएको मैत्री समाजका अध्यक्ष चन्दा चौधरीले बताइन् । राहत सामग्री बितरण कार्यक्रममा बोल्दै भारतीय महावाणिज्य दुत नितेश कुमारले नेपाल भारतको सम्बन्ध प्रगाढ रहेको बताउदै नेपालको हरेक प्रकृतीत विपदामा भारत सहयोग गर्दै आएको बताउनु भयो ।कार्यक्रममा धन्यवाद ज्ञापन व्यक्त गर्दै राजनैतिक कन्सुलर शैलेन्द्र कुमारले नेपाल भारत बिचको सम्बन्ध रोटीवेटीको रहेको बताउदै नपालको हरेक क्षेत्रमा भारतले सहयोग गर्दै आएको बताउनु भयो ।उहाले आउने समयमा पनि नेपालमा भारतको सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भारतले मधेस लगायत नेपालका सबै क्षेत्र,ठाउका बाढी पहिरो पीडितलाई सहयोग गरेकोमा नेपाली जनताको तर्फबाट अध्यक्ष चौधरीले धन्यवाद ज्ञापन गर्नु भयो ।उहाले केहि व्यक्तहरु राजनैतिक स्वार्थको लागी समय समयमा दुबै देश बिचको सम्बन्धमा खाडल पुर्याउने प्रयास गरेपनि त्यसमा सफल हुन नसकेको बताउनु भयो ।नेपाल भारत संबन्ध जनस्तरमा कहिले पनि कमजोर नहुने बिस्वास ब्यक्त गर्दै कसैले चाहेर पनि कमजोर नहुने बताइन । उनले भनिन, ’नेपाल भारतको संबन्ध दुःख सुखको संबन्ध हो । यो राजनीतिक स्तरमा भन्दा कैयौं गुणा जनस्तरमा दुई देशका जनताबिच बलियो संबन्ध रहेको छ । ’
पर्सा जिल्लाको जनगरनाथपुर गाउँपालिकाका ४१ घर धुरी, जिराभवानी गाउँपालिकाका २४ घर धुरी, बिरगंज महानगरपालिकाका १६ र पर्सागढि नगरपालिकाका १६ बाढी पहिरो पीडित प्रत्येक परिवारलाई टेन्ट, सुकुल, ठूलो, सानो, मझौला किसिमको लगभग ३५ लाख भन्दाबढी मुल्य पर्ने सामग्री प्रदान गरिएको छ ।
भारत सरकारको सहयोगबाट प्राप्त राहत सामग्री समाजकि अध्यक्ष तथा संघिय सांसद चन्दा चोधरीको अध्यक्षता र भारत बाणिज्य दूतावासका महाबाणिज्य दुत नितेश कुमार, पोलिटिक कन्सुलर शैलेन्द्र कुमार, कंसुलर शशी भुषणको बिशेष उपस्थितमा बितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण युवा अभियन्ता ओ म प्रकाश सरराफले गरेका थिए ।


