
जनकपुरधाम । नेकपा एमालेबाट बिभाजित भएर माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा जाने प्रदेश २ का सांसदहरुले बिहीबार (आज) सनाखत गर्ने भएको छ ।
नेकपा समाजवादी संसदीय दलका नेता सत्रुधन महतोका अनुसार दलको बैठकबाट निर्णयगरि सनाखतको काम गरिनेछ । प्रदेश सभामा २१ जना सांसद रहेको एमालेबाट १३ जना नेकपा समाजवादी तर्फ लागेका छन् । प्रदेश सभामा प्रमुख प्रतिपक्ष रहेका एमाले अब माओवादी केन्द्र भन्दा मात्र माथि रहेकोछ । सनाखत भएसँगै नेकपा एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागि हुनेछ ।