अपडेट 
२०७८ भाद्र १७, बिहीबार ०७:१८

मलगंवा । सर्लाहीको मलंगवा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।

अनेरास्ववियुका रंजित महतोको अध्यक्षता तथा अखिल क्रान्तिकारी प्रदेश न–२ को सह संयोजक पुजन सिंहको प्रमुख आतिथ्यतामा प्रथम नगर सम्मेलन भएको छ । उक्त सम्मेलनले आकाश दासको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा बिरेन्द्र जयसवाल, सचिवमा रियवान खान,सहसचिवमा अविशेक झा र कोषाध्यक्षमा सनम कुमार यादव रहेका छन् । जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न–८ मा भएको सम्मेलनमा विशिष्ट अतिथि नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य रामपृत यादव, लुमडी धिमाल ,अखिल क्रान्तिकारी सर्लाहीका अध्यक्ष विवेक मैनाली, जिल्ला सदस्य नविराज खान लगायत वडा कमिटी अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो । यसै सम्मेलनबाट संजिव यादवको संयोजकत्वमा ३० सदस्यीय सर्लाही क्याम्पस कमिटीको समेत निर्माण गरिएको कार्यक्रमका संचालक वाइसीएलका जिल्ला कमिटी सदस्य गुलाम गौसले जानकारी दिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य सर्लाही क्याम्पस कमिटी संयोजक संदिप कुमार यादवले दिएका थिए ।

Comment


Related News

Latest News

Trending News