अपडेट 
२०७८ भाद्र १७, बिहीबार ०७:२१

लहान । सिरहाको कर्जन्हा नगरपालिका ३ स्थित कमला देवी सामुदायिक वनमा कर्मचारीहरुले बुधवार बृक्षारोपन गरेका छन् ।

राष्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियान २०७८ अन्तर्गत सामुदायिक वनको ५ विगहा जग्गामा बृक्षारोपन गरिएको छ । जिल्ला डिभिजन वन कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त आयोजनामा उक्त सामुदायिक वनमा आँप, जानमुन, मसला, खयर र साल लगायतका विरुवा कर्मचारीहरुले रोपेका छन् । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको नेतृत्वमा गरिएको बृक्षारोपनमा डिभिजन वन कार्यालयका प्रमुख, विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News