अपडेट 
२०७८ भाद्र १७, बिहीबार ०७:२५

मलगंवा । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाले २२ किलो अवैध गाँजा बरामद गरेको छ ।

बुधबार बिहान सीमामा सुरक्षा गस्तीमा खटेको टोलीले सो परिमाणमा गाँजा बरामद गरेको हो । मलंगवा नगरपालिका वडा न–९ स्थित पोखरी बोर्डर एरियामा गस्ती गरिरहेका सशस्त्र प्रहरीको गस्ती टोलीले बिहान करिब ६ बजेर ४० मिनेटको समयमा सोही ठाउँ बस्ने २४ वर्षीय स्थानीय युवक ललित कुमार महतोलाई २२ किलो गाँजाको २ वटा पोका बनाएर टाउकोमा बोकेर भारत तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको जनाइएको छ । बरामद गरेको गाँजा सहित महतोलाई बुधबार थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको छ ।

Comment


Related News

Latest News

Trending News