अपडेट 
२०७८ भाद्र १७, बिहीबार ०७:२८

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा अक्सिजन प्लान्टको बुधबारदेखि शुभारम्भ भएको छ ।

संघीय संसद विमल श्रीवास्तवको संसदीय कोषबाट डेढ करोडको लगानीमा नवनिर्मित अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको बुवा स्व.चिरञ्जीविलाल सरावगीको स्मृतिमा स्थापना गरिएको नवनिर्मिति अक्सिजन प्लान्टकको उद्घाटन पुर्वमन्त्री श्रीवास्तवले गरेका छन् । अस्पताल परिसरमा लगाइएको उक्त अक्सिजन प्लान्टले २४ घण्टामा १०५ वटा सिलिन्डर उत्पादन गर्ने भएको छ । अस्पतालको आफनै अक्सिजन प्लान्ट स्थापना भएपछि उपचारका वाड तथा अपरेशन थिएटरमा पाइपलाइनबाट अक्सिजन पुर्याउन सजिलो भएको नारायणी अस्पतालका मेसु डा.वीरेन्द्र प्रधानले बताए । वीरगंज महानगरका मेयर विजय सरावगीले संसदीय कोष बाहेक अक्सिजन प्लान्टको सुरुदेखि विभिन्न विभागको पाइपलाइन सम्मको काममा महानगरले १२ लाख रुपैयमा खर्च गरेको बताए । मेयर सरावगीका अनुसार वीरगंज कोरिडोरका सूर्य नेपाल प्रालि, त्रिवेणी समुह, क्याल समुह, एनपीएल समुहको करिब ८० लाखको सहयोग यो प्लान्टलाई पुर्णता दिन भएको बताए । नारायणी अस्पतालको इतिहासमा यस्तो कार्यले उपचार सेवा प्रभावकारी हुने र अगामी दिनमा कोरोना जस्तै अन्य संक्रामक रोगको बेला अक्सिजन आपुर्ती सहज हुने विश्वास लिइएको छ । स्वास्थ्य सेवा विभागले पनि सोही ठाउँमा करिब डेढ करोडभन्दा बढिको बजेटमा लिक्वीड अक्सिजन प्लान्ट जडान गर्ने योजना अघि बढाएको छ भने नारायणी अस्पतालले २ करोड १० लाखको ठेक्का नराायणी अस्पतालको सडकभन्दा पूर्वपट्टि अर्थात प्रयोगाशलाको क्षेत्रमा २ सय वेडको कोभिड डेडिकेटेड अस्पताल निर्माण गरिरहेको र उक्त अक्सिजन प्लान्ट संचालनमा आइसकेको र तीन महिना भित्र उक्त प्लान्ट पनि सञ्चालनमा आउने जनाइएको छ । कार्यक्रममा पूर्व मन्त्री श्रीवास्तवले वीरगंजमा भएको सबै विकास निर्माणहरुमा स्थानीयको सहयोग रहेको बताउँदै वीरगन्जवासी विकासप्रेमी भएको दावी समेत गरे । उनले घण्टाघर,शंकराचार्य प्रवेश द्वार,जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय,नारायणी अस्प्ताल,नारायणी रंगशालालगायतको भौतिक पूर्बाधारमा वीरगंजका उद्योगी व्यवसायी लगायत स्थानिय जनता देखि रिक्सा मजदुरहरु समेतले सहयोग गरेको जानकारी गराए ।

अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभको सभापतित्वमा भएको कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता,पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Comment


Related News