२०७८ भाद्र १७, बिहीबार ०७:३१

मलगंवा । सर्लाहीको चक्रघटा गाउँपालिकाकी मुस्लिम क्यान्सर पीडित महिलालाई ४० हजार बराबरको आर्थिक सहयोग गरिएको छ ।

समाजसेवी यूवा पत्रकार राधेश्याम कुशवाहाको पहल र सक्रिय सहयोगी समाज सेवा, सर्लाहीको सहयोगमा उक्त रकम क्यान्सर पीडित अमिरुल खातुनलाई हस्तान्तरण गरिएको हो । खाडी मुलुक मलेसियामा मजदुरी गरिरेका नेपाली यूवाहरुले सक्रिय सहयोगी समाज, सेवा गठन गरी आम्दनीको केही अंश जम्मा गरेर आर्थिक अभावका कारण उपचारमा समस्या भईरहेको नागरिकहरुलाई सहयोग गर्दै आएको छ । खाडी मुलुकमा मजुदरी गरेर आफनो आम्दानीको केही अंश बचाएर क्यान्सर पीडितको जीवनरक्षाको लागि सहयोग गरेका सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन चाहेको कार्यक्रमको अध्यक्ष तथा पहलकर्ता राधेश्याम कुशवाहाले बताए । रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उपचार खर्चको अभावमा मृत्युको मुखमा पुग्न लागेकी मुस्लिम महिलाको जीवन रक्षाको लागि अघि आएको पत्रकार कुशवाहा विशेष धन्यवादको पात्र रहेको प्रमुख अतिथि राजकुमार महतोले बताए । देश संघीयतामा गई तीन तहको सरकार निर्माण भएपनि गरिब नागरिक आर्थिक अभावमा उपचारमा नपाएर मृत्यू रोज्न बाध्य हुदै आएको बेला कुनै पनि तहको सरकारबाट उपचारको लागि पहल नहुनु दुर्भाग्यपूर्ण रहेको बताए । स्थानिय सरकार गरिब नागरिकको घर, ढोकाको सरकार भएपनि क्यान्सर महिलालाई पाँच रुपैयाको समेत सहयोग नहुनु दुखद रहेको बताए । चक्रघटा गाउँपालिका वडा न. ४ सुन्दरपुरस्थित मदरसमा गरिब, अतिविपन्न परिवारलाई क्यान्सर जस्तो दिर्घरोगको उपचारमा तीन तहको भूमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरी उक्त रकम हस्तान्तरण गरिएको छ ।

मानव अधिकारकर्मी मुकेश मिश्रले संचालन गरेको कार्यक्रममा नागरिक समाजका अगुवा शिवचन्द्र चौधरी, रजनिकान्त झा, मानवअधिकारकर्मी सुन्दरश्याम यादव, महिलाअधिकारकर्मी रम्भा देवी झा, ओरेक प्रतिनिधि ममता साह, भोर प्रनिनिधि उमेश साह, समाजिक अभियन्ता अनबरुल अंसारी, यूवा नेता भागनारायण महतो लगायत स्थानियवासीहरुको सहभागिता रहेको थियो ।

 

Comment


Related News

Latest News

Trending News