अपडेट 
२०७८ भाद्र १७, बिहीबार १३:३३

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई बेचाराको संज्ञा दिएका छन ।

पार्टीका कामले विहिवार जनकपुरधाम आएका उनि जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरु संक्षिप्त प्रतिक्रिया दिदै उनले यस्तो भनेका हुन । महन्थ ठाकुरले मधेशमा आफु स्ट्रोंग रहेको अभिव्यक्ति प्रति लक्षीत गर्दै उनले भने बेचारा महन्थ ठाकुर,क कले युज गर्ने हो उनलाई, बुढेशकालमा पनि आफनो खुटटामा उभन सकेन । पार्टी रोज्नकालागि सांसदसंग छलफल गर्न लोेकतान्त्रिक समाजवादी पार्टीका तीन वरिष्ठ नेता जनकपुरधाम पुगेका भोली पल्ट नै जनकपुरधाम पुगेका उपेन्द्र यादवलाई काउण्टर दिन आएको भनि पत्रकारको प्रश्नमा उनले आफु बेचाराहरुको काउण्टर दिन नआएको कामै नरहेकाहरुलाई के काउण्टर दिन सकिन्छ र भनेर अभिव्यक्ति दिएका छन ।

पार्टी विभाजन हुने भनेर सरकारमा सामेल नभएको आरोपमा उनले यसमा कुनै सत्यता नरहेको वताए । नेता यादवले बडो मुश्किल घडीमा बनेको सरकारलाई २२ गते पछि पुर्णता दिने र स्मुथली तिव्रगतीका साथ अगाडी बढने ,गठवन्धनसंग भएको सहमती अनुसारनै अगाडी बढिरहेको वताउदै मन्त्रालयको विषयमा कुनै पनि विवाद नरहेको वताए ।

जसपा अध्यक्ष यादवले प्रदेश २ मा भएको मन्त्रीको जिम्मेदवारी हेरफेर सम्वन्धि कुनै पनि विवाद नरहेको र मुख्यमन्त्रीले आवश्यकता अनुसारले परिवर्तन गरेकोले यसमा कुनै किसीमको समस्या नरहेको वताए । यता उपेन्द्र यादव आउनुभन्दा पहिले जसपाका कार्यकता र प्रहरी विच झडप समेत भएको छ । नेतालाई स्वागत गर्नका लागि सयौको संख्यामा रहेका कार्यकताहरु विमानस्थलको विशिष्ट कक्षमा छिर्न प्रयास गरेपछि प्रहरीले रोकेका थिए तर कार्यकताहरुले धक्कामुक्की गरेपछि झडपको रुप लिएको थियो । उपस्थित नेताहरुले त्यसलाई शान्त गराएका थिए । उपेन्द्र यादवलाई विमानस्थलमा स्वागत गर्न भरखरै जसपा रोजेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह पनि उपस्थित थिए भने मुख्यमन्त्री लालबाबु लगायत प्रदेशका मन्त्रीहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News