
जनकपुरधाम । विभिन्न वर्ग, जात,धर्म, सामुदाय जस्तै तेस्रो लिङ्गी समुदायको लागि पनि प्रदेश सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने एक कार्यक्रममा वक्ताहरुले माग गरेका छन् ।
प्रदेश २ सभा सचिवालयले आयोजना, मितिनी नेपालको समन्यव तथा युएनडिपीको सहयोगमा विहिवार जनकपुरमा यौनिकता तथा लैङ्गिग अल्पसंख्यको सवाल विषय कार्यक्रममा वक्ताहरुले यस्तो माग गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै महिला बालबालिका तथा समाजिक न्याय संसदीय समितिका सभापति जयनुल राईनले लैङ्गिगक अल्पसंख्यक समुदायले आफ्ना हक अधिकारका लागि अगाडी आउनुपर्ने बताए । मधेशी जनताको हकअधिकारको लागि आफुहरुले वर्षौदेखि लडिरहेको उल्लेख गर्दै सभापति राईनले भने,‘ तपाईहरु पनि संगठित भएर अगाडी बढ्नुस्,तपाईहरुको अधिकारको लागि हामीले आफ्नो स्थानबाट सहयोग गर्न तयार छौ ।’ सामाजिक न्याय अन्तर्गत कसैले कसैलाई विभेद गर्न नमिल्ने बताउदै सभापति राईनले भने,‘ तपाईहरुको समस्या वारे पार्टी भित्र र ससदमा अवाज उठाउने बताए । कार्यक्रममा नेकपा माओवादीकी प्रदेश सांसद शारदा थापाले पनि तेस्रो लिङ्गगी मुद्दा राष्ट्रव्यापी रुपमा उठ्दै आएकोले प्रदेश सभामा पनि यो मुद्दा उठाउनुपर्ने बताईन् । तेस्रो लिङ्गगीसँग समाजमा विभिन्न विभेदका घटना हुदै आएको बताउदै सासद थापाले भनिन्,‘ यस सम्बन्धी कानुन बनाएर विभेदमा रहेका लैङ्गिगक अल्पसंख्यक सामुदायलाई पनि प्रदेशमा आरक्षणको व्यवस्था हुनुपर्छ ।’ कार्यक्रममा मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले भनिन्,‘विषम यौनिकता प्रबल रहेको हाम्रो समाजमा एक महिला समलिंगि भएर खुलेर बाच्न धेरै चुनौतिको समाना गर्नुपर्छ । उनी समाजभन्दा आफ्नै घरबाट विभेद र अपहेलना सहनुपर्छ ।’ यौनिक तथा लैगिंक अल्पसंख्यक सामुदायको विषयमा सबै क्षेत्रबाट अवाज नउठे सम्म वर्षोदेखि विभेदमा रहेका यि समाजको उत्थान हुन नसक्ने उनले बताईन ।
युएनडीपी संसद सहयोग परियोजनका अधिकृत बिटु श्रीवास्तवाले कार्यक्रमको समन्वय गरेका थिए ।