जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनकपुरमा शक्ति प्रदर्शन गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर जनकपुरमा प्रदेश सांसद फकाउन थालेपछि जसपा अध्यक्ष यादव जनकपुर आएर शक्ति प्रदर्शन गरेका हुन् । जनकपुर विमान स्थलमा अध्यक्ष यादवलाई स्वगत गर्न प्रदेशका मन्त्री, स्थानिय तहका जनप्रतिनिधि, नेता र कार्यकर्ताको घुइचो लागेको थियो । जसपाका कार्यकर्तालाई विमान स्थलमा नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे हम्मे भएको थियो । कार्यकर्ता भेटघाटका लागि जनकपुर आइपुगेका यादवले २२ गते पछि पार्टी सरकारमा सहभागि हुने बताए । कठिन परि स्थितिमा सरकार गठन भएको हो, यादवले भने,‘कठिन अवस्थामा बनेको सरकार २२ गते पछि पूर्णता पाउँछ । अहिले गठबन्धन दलबीच भएको सहमति अनुसार नै सरकार सञ्चालन भएको छ ।’ अध्यक्ष यादवले महन्थ ठाकुर प्रयोग भइरहेको बताए । विमानस्थलमा संचारकर्मीहरुसित संक्षिप्त कुराकानी गर्दै जसपाका प्रदेश सांसदहरु सचेत रहेको र अन्य कसैले पनि तान्न नसक्ने यादवले दाबी गरे । पार्टीका नेता र कार्यकर्ताहरु लामो संघर्षबाट आएका कारण आफै अडिग छन्, उनले भने–‘उनीहरु टसमस हुदैनन् ।’ अध्यक्ष यादवले महन्थ ठाकुरलाई बेचाराको संज्ञा दिए ।
ठाकुर जिलाई क कस्ले प्रयोग गर्ने हो, यादवले भने,‘ बुढेसकालमा आफनो खुट्टामा उभिन नसक्नेसंग जसपाले कुनै प्रतिस्पर्धा गर्ने छैन ।’ आफु बेचाराहरुलाई काउण्टर दिन आएको होइन, उनले भने । पार्टी विभाजन हुने भनेर सरकारमा सामेल नभएको आरोपमा उनले यसमा कुनै सत्यता नरहेको बताए । जसपा अध्यक्ष यादवले प्रदेश २ मा भएको मन्त्रीको जिम्मेवारी हेरफेर सम्वन्धि कुनै पनि विवाद नरहेको र मुख्यमन्त्रीले आवश्यकता अनुसार परिवर्तन गरेको बताए । बिहीबार बिहान जनकपुर आइपुगेका अध्यक्ष यादवलाई सयौको संख्यामा रहेका मोटरसाइकलले स्वागत गर्दै नगरपरिक्रमा गराएका थिए । अध्यक्ष यादव जनकपुर पुगेर पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गरेका थिए ।


