२०७८ भाद्र १८, शुक्रबार ०७:०४

मलगंवा । सर्लाहीका ५ पालिकाका प्रमुखहरुले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।

बिहीबार थप चार पालिकाका प्रमुखहरुले सनाखत गरेका हुन् । ब्रह्मपुरी गाउँपालिकाका प्रमुख विनोद साहले बुधबार नै आफ्नो पालिका अन्तर्गतका २९ जना जनप्रतिनिधि सहित जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका थिए । पालिका प्रमुखहरुले जिल्ला निर्वाचन कार्यालय मलंगवामा सनाखत गरेका छन् । जनता समाजवादी पार्टी नेपालबाट फुटेका महन्थ ठाकुर नेतृत्वको लोसपामा सनाखत गर्नेमा कौडेना गाउँपालिकाका प्रमुख राम प्रसाद यादव, चन्द्रनगर गाउँपालिकाका प्रमुख महेन्द्र महतो, गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादव र बलरा नगरपालिकाका प्रमुख अभय सिंह रहेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बनेपछि जनप्रतिनिधिहरुलाई दल रोज्नको लागि निर्वाचन आयोगले भदौ २२ गतेसम्मको समय तोकेको छ

Comment


Related News

Latest News

Trending News