२०७८ भाद्र १८, शुक्रबार ०७:०७

जीतपुर । ईलाका प्रहरी कार्यालय सिमराले चोरीको अटोरिक्सामा बाख्रासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नं.२४ सखुई चोकमा चोरीको ना २ ह ५३३२ नम्बरको अटोरिक्सा गाडिमा तीन तीनवटा बाख्रा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोही अटोका चालक फेटा गाउँपालिका वडा नं.७ बस्ने बर्ष २८ का रबि प्रसाद यादव रहेका छन् । उनले सोही ठाउँ बस्ने हरिचन्द्र प्रसाद यादवको गोठ घरबाट चोरी गरी ल्याएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक मनोजित कुवरले जानकारी दिए । बरामद अटोरिक्सा मकवानपुर जिल्लाको हेटौँडा बस्ने सोमलाल तिमलसिनाको रहेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी नायब निरिक्षक कुँवरले बताए ।

Comment


Related News

Latest News

Trending News